८ वैशाख २०८१ शनिबार
कला

कलाकार खोज्दै दयाहाङ

काठमाडौं- कहिले अमेरिका त कहिले नेपाल गरिरहेका दयाहाङ यही समयमा कलाकार खोज्ने काममा पनि सक्रिय छन्।  दयाहाङ नेपाली फिल्म क्षेत्रमा नयाँ कलाकार जन्माउने अभिप्रायले हाल जारी रहेको अभिनय प्रतियोगितामा निर्णायकको रुपमा कलाकार खोज्ने काममा पनि सक्रिय छन्। 'नेशनल एक्टिङ कम्पिटिसन'मा दयाहाङ अभिनयदेखि नृत्यसम्मका नयाँ कलाकारको खोजिरहेका  छन्। उनलाई निर्णायकको रुपमा अनुप बराल र ऋचा शर्माले सघाइरहेका छन्।

आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले आठ हजार प्रतियोगीबाट विभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगीबीच हाल शीर्ष उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको बताए। आगामी वैशाख ३१ गते राजधानीमा हुने अन्तिम प्रतिस्पर्धामा विजेताले २ लाख ५० हजार बराबरसँगै विभिन्न पुरस्कार पाउने धमलाले जनाए। संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेले प्रतियोगितामा उत्कृष्ट २५, १५ र ८ हुँदै विजयी छानिने बताइन्।

अभिनेता दयाहाङले प्रतियोगिताबाट थुप्रै कलाकार जन्मने विश्वास गरे। त्यस्तै निर्देशक तथा कलाकार अनुप बरालले अभिनयमा भविष्य खोज्न चाहनेका लागि प्रतियोगिता उपयुक्त प्लेटफर्म भएको बताए।

आयोजकका अनुसार अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन्।

प्रकाशित: १४ चैत्र २०७३ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App