कान्ति लोकमार्ग निर्माण सुस्त

सोमबार, १४ चैत २०७३, ०८ : १४ शिवहरि घिमिरे  | @shivsamir

ललितपुर- राजधानीलाई तराईसँग जोड्ने कान्ति लोकपथ द्रुतमार्ग निर्धारित समयमै निर्माण सम्पन्न नहुने भएको छ। ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कार्य तीव्र गति नदिँदा निर्धारित समयमा योजना सकिने सम्भावना टरेको हो।

उपत्यकालाई सोझै तराईसँग जोड्ने लक्ष्यसहित राजा महेन्द्रले २०१३ सालमा उक्त सडक शिलान्यास गरेका थिए। २०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०६५/६६ देखि प्राथमिकतामा राखेको थियो। तर पर्याप्त बजेट विनियोजन भए पनि अहिलेसम्मको काम गराइको अनुपात हेर्दा योजना समयमा सकिने अवस्था छैन। उक्त योजनाका लागि तीन अर्ब ३१ करोड ७० लाख खर्च हुने अनुमान गरिएकोमा आठ वर्षमा लागत अनुमानको २७ प्रतिशत रकम मात्र खर्च भएको छ। उक्त योजनाको म्याद २०७५ असारमा सकिँदैछ।

२०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०६५/६६ देखि प्राथमिकतामा राखेको थियो।

आठ वर्षमा आयोजनाको ५२ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका इन्जिनियर नरेन्द्र भट्टले बताए।

उनका अनुसार अहिले मकवानपुरको जितपुरदेखि ललितपुरको टीकाभैरवसम्म २८ वटा एक्साभेटरबाट काम भइरहेको छ। २०६५ सालमा सरकारले प्राथमिकतामा राखेर अघि बढाएको सडक योजनाको पहिलो चरणअन्तर्गत गत वर्षसम्म चौडा गर्ने कार्यक्रम थियो। तर हालसम्म २८ किलोमिटर सडक चौडा पार्ने काम भएको छ। 'यस वर्ष टीकाभैरवदेखि तीनपानेसम्म चार किमि सडक कालोपत्रे हुन्छ', इन्जिनियर भट्टले भने, 'ठूल्ठूला पहरा र चट्टान फुटाएर चौडा गर्न निकै कठिन परेको छ।'

उक्त योजना निर्माणका लागि सरकारले ०६५/६६ देखि ०७० सम्म हरेक वर्ष पाँच करोडका दरले बजेट विनियोजन गर्दै आएको थियो। पछिल्लो पटक ०७१/७२ मा १९ करोड, ०७२/७३ मा ४० करोड ९२ लाख ३० हजार र चालू आवमा ६० करोड रकम विनियोजन भएको छ। ०६५ देखि अघिल्लो वर्षसम्म सरकारले छुट्ट्याएको ८९ करोड ९२ लाख ३० हजार छ। उक्त रकममध्ये हालसम्म ९५६ करोड रकम खर्च भएको इन्जिनियर भट्टले जानकारी दिए।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथको लम्बाइ ९२ किलोमिटर छ।

दुई वर्षमा सडक चौडा गर्ने, ढल निर्माण, पर्खाल लगाउनेदेखि कालोपत्रसम्मको काम सक्ने सम्भावना नभएको आयोजनाका अधिकारी नै स्विकार्छन्। 'सडक चौडा पार्ने आधा काम पनि नसकिएकाले तोकिएको समयमा योजना सक्न कठिन छ', इन्जिनियर भट्टले भने, 'यही गतिले बाँकी डेढ वर्षभित्र सक्ने अवस्था छैन।'

उनका अनुसार कान्ति राजपथ सडक विस्तार योजनालाई डेढ वर्षको समयसीमा राखेर १० जना ठेकेदार परिचालन गरी सडक निर्माण अगाडि बढाएकोे छ। 'मकवानपुर बुद्धचोकदेखि जितपुर भन्ज्याङसम्म २२ किमि सडकको नाली बनाउने, चौडा बढाउने र कालोपत्रे गर्न २२ वटा एक्साभेटर परिचालन गरेका छौं', उनले भने।

काठमाडौं–हेटौंडा वैकल्पिक सडक योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई 'लोकमार्ग' नाम दिई छुट्टै योजनाका रूपमा काम अघि बढाएको थियो। यसका लागि सुरुमा तीन अर्ब ३१ करोड ७० लाखको बजेट लागत अनुमान गरिएको थियो।

कान्ति लोकपथ आयोजना प्रमुख देवेन्द्र शाहले सातदोबाटोदेखि टीकाभैरवसम्म ११ किमि सडक निर्माणको जिम्मा जिल्ला सडक डिभिजन कार्यालयले लिएको बताए। उनका अनुसार टीकाभैरदेखि हेटौंडासम्म ७९ किमि सडक निर्माणको जिम्मा कान्ति राजपथ आयोजनाले लिएको छ। उनका अनुसार सडक विस्तार कार्य ढिलो हुनुको मुख्य कारण  पहाडको चट्टान फुटाउनुपर्ने र जनशक्तिको अभाव हो। 'सडक निर्माणमा अहिले सयभन्दा बढी कामदार परिचालन गरेका छौं', उनले भने, 'अनुभवी र  दक्ष कामदारको अझै अभाव छ।'

आयोजनाले उक्त सडक निर्माणका लागि सडक छेउछाउका घर तथा पाटी भत्काउन चिन्ह् लगाए पनि सडक छेउका अग्ला भवन भत्काएको छैन। जिल्ला सडक डिभिजनले पनि जिम्मा लिएको योजना आगाडि बढाउन खासै चासो देखाएको छैन। जिल्ला सडक डिभिजन कार्यालयकी प्रवक्ता आरती शाहले गत वर्ष भूकम्पका कारण काम गर्न नभएकोे बताइन्। 'चालू आवमा सातदोबाटोदेखि टीकाभैरवसम्मकाा अग्ला घर भत्काउँछौं', उनले भनिन्, 'अर्को वर्ष सडक चौडा र पिच गर्नेछौं।'

शाहका अनुसार तराई जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुवाहक र मालवाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति राजपथलाई प्राथमिकतामा राखिएको थियो।

१५ मिटर चौडाइको कान्ति राजपथ मकवानपुरको हेटौंडा बजारबाट चौघडा, मकवानपुरगढी, वागमती हुँदै ललितपुरको बगुवा, तीनपाने, टीकाभैरव, चापागाउँ, सातदोबाटोसम्म आइपुग्छ। सडकको  ५० किमि मकवानपुरमा पर्छ भने ४० किमि ललितपुरमा पर्छ। कालोपत्रे भएपछि ललितपुरको सातदोबाटोबाट तीन घन्टामा  हेटौंडा पुगिन्छ।

दक्षिण कोरियाको हुन्डाई इन्जिनियरिङ कम्पनीले असोज २०६० मै यो योजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) सरकारलाई बुझाएको थियो। आयोजना प्रमुख शाह काम सुस्त हुनुमा सरकार दोषी रहेको बताउँछन्। उनले भने, 'हरेक वर्ष एक अर्ब दिए काम उहिल्यै सकिन्थ्यो तर बजेट कम आउनाले काम ढिला भएको हो।'

शिलान्यास गरेको ६० औं वर्ष बितिसक्दा पनि निर्माण नहुनुमा ठेकेदार कम्पनी जिम्मेवार रहेको टीकाभैरवका स्थानीय रमेश तिमिल्सिनाले बताए।

सडकको ट्र्याक २०१६ सालमै सेनाले खोलेको थियो। तर ट्र्याक खोलेपछि सरकारको ध्यानाकषर्ण नपुगेका कारण एक वर्षमै उक्त सडक बन्द भएको थियो।

कान्ति राजपथ बनेपछि साँघुरो–घुमाउरो ८५ किलोमिटरको दक्षिणकाली–सिस्नेरी–हेटौंडा, २२३ किमिको मुग्लिङ–नारायणगढ–हेटौंडा र एक सय ५८ किमिको त्रिभुवन राजपथको जोखिमपूर्ण यात्राको बाध्यता हट्नेछ। 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad