coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पौडेल नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

केन्द्रीय कार्यालय सानेपामा अाइतबार बसेको केन्द्रीय समिति बैठक।

काठमाडौं— नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुई समिति गठन गरेको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचिन परिचालन समिति तथा नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको हो।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए। उक्त समितिमा को को सदस्य रहने र कति जनाको हुने भन्ने टुंगो लागिसकेको छैन।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए। उक्त समितिमा को को सदस्य रहने र कति जनाको हुने भन्ने टुंगो लागिसकेको छैन।

नेता महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरिएको छ। उक्त समितिको पनि सदस्य संख्या, कार्यविधि केही तोकिएको छैन। केन्द्रीय सदस्य रामकृष्ण यादवले आन्तरिक छलफल गरेर समितिले छिट्टै पूर्णता पाउने नागरिकन्युजलाई बताए।

जारी केन्द्रीय समिति बैठकले स्थानीय तहअनुसारको पार्टीको सांगठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयनका विषयमा पनि निर्णय लिनेछ।

प्रकाशित: १३ चैत्र २०७३ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App