८ वैशाख २०८१ शनिबार
राजनीति

हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता

काठमाडौं—हिन्दू राष्ट्रका विषयमा जनमतसंग्रहबाट निर्णयमा पुग्नुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले हिन्दूराष्ट्रका विषयमा जनमत संग्रहमा जानुपर्ने प्रस्ताव कांग्रेस केन्द्रीय समितिमा दर्ता गराएका हुन्।

'बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन मिल्दैन। त्यसैले यो विषयमाथि छलफल होस्।'

आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्वमन्त्री खड्काले मुलुकलाई धर्मनिरपेक्ष बनाउँदा पार्टी केन्द्रीय समितिमा छलफल नभएको भन्दै असन्तुष्टि जनाए।

'मुलुकलाई धर्मनिरपेक्ष घोषणा गर्दा कांग्रेस केन्द्रीय समितिमा सामान्य छलफल समेत गरिएन', नेता खड्काको प्रस्तावमा भनिएको छ, 'बहुसङ्ख्यक जनताको भावना र प्रजातान्त्रिक प्रक्रियालाई उपेक्षा गरी धर्म निरपेक्ष तुल्याइँदा काँग्रेसको केन्द्रीय समितिमा सामान्य छलफलसमेत नभएको विषयमा स्वामित्व लिन मिल्दैन। त्यसैले यो विषयमाथि छलफल होस्।'

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने कार्य खड्काले सुरुदेखि नै विरोध गर्दै आएका छन्। हिन्दू राष्ट्र नेपाल महाअभियानका संयोजकसमेत रहेका खड्का महाधिवेशनबाट लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

भ्रष्ट्राचार मुद्दामा अदालतबाट दोषी ठहर भएपछि खड्काले हिन्दूत्वको अाडमा राजनीति गतिविधि गर्दै अाएका छन्।

प्रकाशित: १३ चैत्र २०७३ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App