coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुतेकै अवस्थामा बैंक सुरक्षागार्डकाे मृत्यु

उदयपुर – सदरमुकाम गाईघाटस्थित लक्ष्मी बैंक शाखामा कार्यरत एक सुरक्षा गार्डको सुतेकै अवस्थामा आइतबार विहान मृत्यु भएको छ । रात्रिकालीन ड्युटीमा रहेका जिल्लाको साविक बाँसबोटे गाविस ८ हाल सुनकोसी गाउँपािलका १ का ४६ वर्षीय बलबहादुर राई बैंककै सुत्ने कोठामा बिहान मृत फेला परेका हुन् । 
अघिल्लो साँझ ६ः०० बजेदेखि ड्युटीमा रहेका पूर्व सैनिक राई सुतेको कोठाको ढोका बिहान अबेरसम्म नखुलेपछि बैंकका कर्मचारीले प्रहरी बोलाएर ढोका फुटाएर हेर्दा सुतेकै अवस्थामा मृत फेला परेको बैंकले जनाएको छ । बिहान ६ः०० बजेसम्मको ड्युटीलावा राई बिहान ७ः०० बजेसम्म पनि नउठेपछि उनलाई कुचिकार कर्मचारीले बोलाए । तर, कुनै प्रतिक्रिया नजनाएपछि बैंक कर्मचारीले प्रहरी बोलाएर ढोका खोल्दा मृत फेला परेको बताइएको छ । 
गरुड सेक्युरीटी सर्भिसमार्फत बैंकमा सुक्षा गार्ड बस्न आएका उनी गएको कात्तिकदेखि लक्ष्मी बैंकमा कार्यरत थिए । बाँसबोटे स्थायी घर भए पनि त्रियुगा नगरपालिका १० बोक्सेमा अस्थायी बसोबास गर्दै आएका उनको शव आफन्त बोलाएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ चैत्र २०७३ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App