coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानिसको नाकको आकार मौसमबाट प्रभावित

वासिङ्टन(एजेन्सी)– यदि तपाई आफ्नो नाकको आकारदेखि सन्तुष्ट हुनुहुन्न भने आफ्ना अभिभावक वा पुर्खालाई हैन मौसमलाई दोष लगाउनुहोस्।

सामान्यतया गर्मी र ओसिलो क्षेत्रमा बस्ने मानिसका नाक फराकिलो वा चौडा हुन्छ भने चिसो र सुख्खा क्षेत्रमा बस्ने मानिसका नाक तुलनात्मक रुपमा साँघुरो हुने अध्ययनले देखाएको छ।

गत हप्ता ‘पिएल्ओएस् जेनेटिक्स’ नामक जर्नलमा प्रकाशित पेन्सिलभेनिया स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताको एक अध्ययनले स्थानीय मौसमलाई ग्रहण गर्ने क्रममा मानिसको नाकको आकारलाई प्रभावित पारेको हुनसक्ने बताइएको छ।

सामान्यतया गर्मी र ओसिलो क्षेत्रमा बस्ने मानिसका नाक फराकिलो वा चौडा हुन्छ भने चिसो र सुख्खा क्षेत्रमा बस्ने मानिसका नाक तुलनात्मक रुपमा साँघुरो हुने अध्ययनले देखाएको छ ।

पश्चिम अफ्रिका, दक्षिण एशिया, पश्चिम एशिया र उत्तरी युरोपियन नागरिकका नाकका आकारमा गरिएको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ ।

अनुसन्धानकर्ताले नाकको प्वाँलको लम्बाइ र दुरी, नाकको उचाइ, नाकको बाहिरी क्षेत्रलगायतमा थ्री डी फेसियल इमेजिङ विधिको प्रयोग गरेर अध्ययन गरेका थिए ।

अध्ययनले नाकको लम्बाइ तापक्रम र ओसिलो मौसमसँग सम्बन्धित रहने पत्ता लागेको थियो । नाकको आकार वंशाणुगत नहुने तथ्य पनि पत्ता लागेको बताइएको छ ।

नाकको एउटा महत्वपूर्ण कार्य भनेको हामीले स्वास लिने अवस्थालाई सहजीकरण गर्नु हो । साथै नाकको अर्को कार्य भनेको हामीले लिने स्वास जब फोक्सोमा पुग्छ तब न्यानो र ओसिएको पक्का गर्नु हो जसले इन्फेक्सन रोक्नलाई सहयोग गर्छ,’ अध्ययनमा भनिएको छ ।

प्रकाशित: १३ चैत्र २०७३ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App