coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

उडिरहेको विमानमा साथी कुटपिट गरेपछि एक्लिए कपिल शर्मा

कलाकार कपिल शर्मा।

मुम्बई– भारतका प्रख्यात हाँस्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्याको ओइरो लागेको छ । केही दिन अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसँग झगडा परेको समाचार बाहिरिए पछि कपिल शर्माका दिन असहज बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  

सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले सुनिलसँग माफी मागेका थिए। तर सुनिलले कपिललाई ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई पनि माया गर्न सिक’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि सुनिल ग्रोवरले कार्यक्रम छोडेका थिए। उनी लगत्तै अली असगर र चन्दन प्रभाकरले पनि शो छोडेको थिए।

गत शुक्रबार एयर इन्डियाको विमानबाट अस्ट्रेलियाको कार्यक्रम सकाएर कपिलसहित उनको टिम भारत फर्किरहेको थियो । रक्सीले मातेका कपिल आफू भन्दा अघि अरुले खाना खाएको भनेर रिसाएका थिए । आफूले खानुभन्दा अघि अरुले किन खाएको भन्दै उनले सबैलाई ठूलो स्वरले कराएका थए । उनी कराएपछि उनका टोली सदस्यले प्लेट फर्काएका थिए ।

रिसाएका कपिललाई सुनिलले शान्त पान खोज्दा कपिलले सुनिललाई आफ्नो जुत्ता खोलेर हिर्काएका थिए । कपिलले सुनिललाई धेरैपटक थप्पड हानेको र यस क्रममा महिला सदस्यलाई पनि चोट लागेको बताइएको छ। कपिलले यति गर्दा पनि सुनिल भने शान्त र चुप रहेका थिए। 

सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले सुनिलसँग माफी मागेका थिए। तर सुनिलले कपिललाई ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई पनि माया गर्न सिक’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि सुनिल ग्रोवरले कार्यक्रम छोडेका थिए। उनी लगत्तै अली असगर र चन्दन प्रभाकरले पनि शो छोडेको थिए । कार्यक्रमका महत्वपूर्ण तीन सदस्यको बहिर्गमन पछि कपिल एक्लिएका छन्। 

यतिसम्म की सामाजिक संजालमा भएको उनको व्यापक विरोध र टोली सदस्यले छोडेपछि ‘द कपिल शर्मा शो’ मा कुनैपनि सेलेब्रेटी समेत आउन नचाहेको समाचार बाहिरिएका छन्। 

बुधबार कार्यक्रम सुटिङका लागि निम्ता दिइएका सेलेब्रेटी आउन नचाहेपछि सुटिङ नै क्यान्सिल भएको थियो । हालै शोका लागि मनोज बाजपेयी र तापसी पन्नु सहित सुगन्धा मिश्रा आउन नमानेपछि सुटिङ नै स्थगित गरिएको थियो । 

कार्यक्रमकै अर्का पात्र नवोजित सिहं सिदुले कलाकारका बीचमा भइरहेको समस्या समाधानको प्रयास गरेको समाचारमा बताइएको छ । ‘कपिल र सुनिल दाजुभाइ हुन् । कार्यक्रमको सिनियर सदस्य भएको नाताले दुवै कलाकारलाई एकै ठाउँमा ल्याउनु मेरो कर्तव्य हो’, सिदुले बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७३ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App