coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

खोटाङ – खोटाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । दिप्रुङ गाउँपालिका–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीय मैयाँ राईको मृत्यु भएको हो ।
 सामान्य घरायसी विवादमा बिहीबार कुटिएकी मैयाँको दोश्रो दिन मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायव निरीक्षक मनोज यादवले बताए । कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि कैलासलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ ।
 उनले श्रीमतीलाई लाठीले टाउको लगायत शरीरका ठाउँमा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटका कारण श्रीमतीको मृत्यु भएपछि पक्राउ परेका कैलास विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरी नायब निरीक्षक यादवले जनाए । 
 

प्रकाशित: १३ चैत्र २०७३ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App