८ वैशाख २०८१ शनिबार
राजनीति

एसएसबीले हत्या गरेका साहका परिवारलाई गृहमन्त्रीले १० लाखको चेक हस्तान्तरण गर्ने

उपप्रधान तथा गृहमन्त्री निधि। फाइल तस्विर

काठमाडौं— आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ।

६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीले हत्या गरेका मोरङको अमाही बरियातीका वासुदेब साहको परिवारलाई सरकारका तर्फबाट रु. १० लाख रुपैयाँको चेक हस्तान्त्रण गर्नेछन्।

‘त्यहाँ उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा नियकाका प्रमुखहरुलाई निर्बाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिनुहुनेछ’, गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले भने, ‘बैठकमा पूर्बाञ्चल क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल गर्ने कार्यतालिका छ।’ 

विराटनगरमा रहँदा उनले ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीले हत्या गरेका मोरङको अमाही बरियातीका वासुदेब साहको परिवारलाई सरकारका तर्फबाट रु. १० लाख रुपैयाँको चेक हस्तान्त्रण गर्नेछन्।

२०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो। 

बिराटनगर पुगेका बेला गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षण तयारीसमेत गरेका छन्। सप्तरीको भ्रमण तयारी मिलाउन मन्त्री निधिले गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन्।

घटनास्थल पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिबारलाई रु. १० लाखका दरले राहत बितरण गर्नेछन्।

मधेसी मोर्चाले एमालेको सभा बिथोल्न प्रयास गर्दा प्रहरीको गोलीबाट सप्तरी, मलेठमा ५ जनाको ज्यान गएको थियो। 

 

प्रकाशित: १३ चैत्र २०७३ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App