७ वैशाख २०८१ शुक्रबार
समाज

कारको ठक्करबाट दार्चुलामा एक बालिका घाइते

कारको ठक्करबाट घाइते बालिका एम्बुलेन्समा । तस्विर ःप्रेम चुनारा

दार्चुला – कारको ठक्करबाट दार्चुलामा  एक बालिका घाइते भएकी छन्  । घाइते हुनेमा मालिकर्जुन गाउपालिका वडा नं. ८ पोलविसाका पदम बोहराकी  १२ वर्षिय छोरी मनिषा बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 आइतबार बिहान दार्चुलाबाट धनगढीतर्फ गइरहेको बा १६ च ९१५१ नम्बरको कारले बोहरालाई ठक्कर दिँदा  दाहिने खुट्टाको घुडामा चोट  लागेको  छ । घाइते बालिकाको जिल्ला अस्पतालमा  दार्चुलामा प्राथमिक उपचार गरी थप उपचारका लागी रिफर गरिएको  प्रहरी प्रमुख डिएसपी केदार खनालले बताए  । ठक्कर दिने कार धनगढी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेश भण्डारीको रहेको  र दार्चुला महोत्सवबाट फर्कने क्रममा नेपाल उद्योग वाणिज्य  महासंघको टोली गाडीमा सवार रहेको प्रहरीले जनाएको छ । घाइतेको सम्पूर्ण उपचार जिम्मा गाडी धनी तथा चालकले  लिएका छन् । 

 

प्रकाशित: १३ चैत्र २०७३ ०५:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App