७ वैशाख २०८१ शुक्रबार
खेल

एपिएफ सेमिफाइनलमा

सर्लाही- जावलाखेल युवा क्लब काठमाडौंलाई २–० गोलअन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा जारी 'राजर्षि जनक कप' अन्तर्गत चौथोे दिन शनिबार एपिएफको तर्फबाट खेलको १४औं मिनेटमा जर्सी नं. ११ का नवीन लामाले पेनाल्टी एरियाबाट पहिलो गोल गरे। लामाको पहिलो प्रयास गोलकिपरले फर्काए पनि दोस्रो पटकको प्रयास गोलमा परिणत भएको थियो।

लामाको गोलबाट अग्रता लिएको एपिएफको तर्फबाट ५३औं जर्सी नं.२२ का राजेन्द्र रावलले थप गोल गरे। सन्तोष श्रेष्ठको क्रस पासलाई हेड गर्दै रावल गोल गर्न सफल भए। एपिएफले दुई गोल गर्दै अग्रता लिएपछि जावलाखेल दबाबमा परी जबाफी गोल फर्काउन असफल भयो।

एपिएफका लामाले म्यान आफ दी म्याच हुँदै नगद ५ हजार प्राप्त गरे। प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच आइतबार हुनेछ भने दोस्रो सेमिफाइनल नेपाल आर्मी र सशस्त्र प्रहरीबीच  सोमबार हुनेछ।

प्रकाशित: १३ चैत्र २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App