coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुरु भयो नागरिक मिलीजुली बिजुली अभियान

काठमाडौं-  नेपाल रिपब्लिक मिडियाले 'नागरिक मिलीजुली बिजुली' अभियान इचंगुनारायण मन्दिरबाट शनिबार सुरु गरेको छ। मिडियाद्वारा प्रकाशित नागरिक दैनिकले शनिबार नागार्जुन नगरपालिकास्थित इचंगु नारायण मन्दिरमा बिजुलीको बल्ब जडान गरेर अभियान थालेको हो।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल तथा रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेले इचंगुनारायण मन्दिरको प्रांगणमा लेड बल्बको चिम जडान गरेर अभियान सुरुआत गरे। प्रधानसम्पादक लुइँटेलले ऐतिहासिक तथा पुराताŒिवक महŒव बोकेको मन्दिरबाट अभियान सञ्चालन गरेको बताए।

'सार्वजनिक स्थलको विद्युत् खपत कम गर्न जनता आफैं जाग्नुपर्छ। त्यसैले अभियान सञ्चालन गरेका हौं,' उनले भने, 'सार्वजानिक स्थानको विद्युत् जोगायौं भनेमात्र हामी सबैले घर–घरमा विजुली वाल्ने अवसर पनि पाउँछौं।'

इचंगुनारायण संरक्षण समितिका अध्यक्ष श्रीलाल श्रेष्ठले राज्यले गर्नुपर्ने काम सञ्चारमाध्यमले गरेकोमा खुसी व्यक्त गरे। 'महानगरपलिकाको नजिकै भए पनि ओझेलमा परेका छौं,' उनले भने, 'अब सञ्चारमाध्यमले ऐतिहासिक सम्पदा संरक्षणका लागि आवाज उठाउँदै आउनुपर्‍यो।'

नागार्जुन नगरपलिका– ५ का माधव अधिकारीले सञ्चारमाध्यमले नै लोडसेडिङमुक्त अभियान सञ्चालन गरेकोमा खुसी व्यक्त गरे। कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक लुईटेल, रिपब्लिका दैनिकका सम्पादक घिमिरेसहित नेपाल रिपब्लिक मिडियाका सहकर्मीहरु र स्थानीय जनताको उपस्थिती थियो।

नागरिक दैनिकले 'नागरिक मिलीजुली बिजुली' अभियानअन्तर्गत वार्षिक ग्राहकका लागि पाँच वटा लेड चिम उपलब्ध गराउँदै आएको नेपाल रिपब्लिक मिडियाको मार्केटिङ शाखाले जनाएको छ। उक्त अभियान सातापिच्छे नै नयाँनयाँ ठाउँमा सञ्चालन गर्ने योजना छ।

 

प्रकाशित: १३ चैत्र २०७३ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App