विद्यालय शिक्षामा छोरी अगाडि

आइतबार, १३ चैत २०७३, ०८ : ४२ रुबी रौनियार

काठमाडौं- पछिल्लो तीन वर्षयता विद्यालय शिक्षामा छोराभन्दा छोरीले संख्यात्मक रूपमा उछिनेका छन्। चार वर्षअघिसम्म विद्यालय शिक्षाको माध्यमिक तहसम्ममा छोरीको पहुँच पुर्‍याउन  मुस्किल पर्ने गरेकोमा हाल कक्षा १० को परीक्षामा छोराभन्दा छोरीको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ।

एसएलसी (हालको नयाँ एसइई) सुरुदेखि छोरीभन्दा छोराको सहभागिता बढी रहेकोमा २०७१ देखि छोरीले छोरालाई उछिन्न थालेका हुन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार  २०७० सालसम्म कक्षा १० को परीक्षामा नियमिततर्फ कुल तीन लाख ९४ हजार नौ सय ३३ सहभागी रहेकोमा छोराको संख्या एक लाख  ९९ हजार आठ सय ४६ थियो।

२०७१ सालको एसएलसी परीक्षामा कुल सहभागी परीक्षार्थीमध्ये छोरीको संख्या छोराको भन्दा एक हजार १२ ले बढी रह्यो। त्यस वर्ष एसएलसीमा कुल चार लाख पाँच हजार तीन सय ३८ परीक्षार्थी सहभागी भएकामा छोराको संख्या दुई लाख दुई हजार एक सय ६३ र छोरीको संख्या दुई लाख तीन हजार एक सय ७५ थियो।

यसैगरी २०७२ को एसएलसीमा नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ विद्यार्थी सहभागी थिए। तीमध्ये दुई लाख २७ हजार पाँच सय ३५ छोरी थिए भने दुई लाख २५ हजार तीन सय ४६ छोरा थिए। छोरीको संख्या छोराको भन्दा दुई हजार एक सय ८९ बढी थियो।

यो वृद्धि संख्या २०७३ सालको एसइई परीक्षामा समेत कायम रह्यो। यस वर्ष कुल चार लाख ६८ हजार चार सय परीक्षार्थी  सहभागी छन्। तीमध्ये दुई लाख  ३५ हजार तीन सय दुई छोरी छन् भने छोराको संख्या दुई लाख ३३ हजार ९८ छ। यस वर्ष पनि दुई हजार दुई सय ४ छोरी छोराभन्दा बढी छन्। छोरीलाई पढाउनुपर्ने सामाजिक सचेतना बढेका कारण स्कुलमा छोरीको संख्या बढेको तर्क विज्ञहरूको छ।

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार गुणस्तरीय जीवन जिउने आधार शिक्षा भएको सामाजिक सचेतना वृद्धि भएकाले छोरीहरूको पहुँच माध्यमिक शिक्षासम्म पुग्न सकेको हो। 

उनले विगत एक दशकभित्र गाउँगाउँमा स्कुलको संख्या थपिँदै गएको र त्यसले समेत छोरीहरूको विद्यालयमा पहुँच बढाएको बताए। विगत एक दशकभित्र विद्यालय संख्या ३७ हजार पुगिसक्यो। घरदैलोमै विद्यालय खुलिसके। 'यसले छोरीहरूलाई आफ्नै घरनजिकै पठनपाठन हुने सुरक्षित व्यवस्था मिल्यो', शिक्षाविद् कोइरालाले भने, 'आमाबुवाले पनि ढुक्कसँग छोरीहरूलाई स्कुल पठाउन थाले।'

सरकारले सञ्चालन गरेको साक्षरता कार्यक्रममले समेत आमाहरूलाई साक्षर बनाएका कारण पनि उनीहरूमा छोरीहरूलाई स्कुल पठाउनुपर्ने सोच पलाएको उनको ठहर छ ।

'छोरीहरूलाई पढाए आफंै कमाएर खान सक्ने सक्षम हुने सामाजिक सोच अभिभावकमा जाग्दै गयो', कोइरालाले नागरिकसँग भने, 'तराईमा समेत छोरीलाई दाइजो दिनु भन्दा पढाइदिए सक्षम हुने सोच पलाएको छ।'

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीको अनुभवमा स्कुल जाने उमेर समूहको जनसंख्यामा छोराभन्दा छोरीहरू नै बढी भएकाले कक्षा १० मा त्यसको सकारात्मक असर देखिएको हो। विद्यालय शिक्षामा भर्ना दरसमेत वृद्धि गरिएको र विद्यालयसमेत छात्रामैत्री बन्दै गएकाले पनि विद्यालय शिक्षामा छोरीको संख्या बढेको दाबी उनको छ।

'विद्यालय शिक्षाको भर्ना दर यस वर्ष ९७ प्रतिशत छ', परीक्षा नियन्त्रक रेग्मीले भने, 'सबै छोरीहरूलाई छात्रवृत्तिको व्यवस्था र विद्यालयमा छात्रा शौचालयले छोरीको संख्या विद्यालयमा वृद्धि भइरहेको हाम्रो तथ्यांक छ।'

अर्का शिक्षाविद् विष्णु कार्कीले राज्यका प्रमुख तहमा छोरीको पहुँच बढ्दै गएको र आमाबुवामा छोरीलाई पढाए उनीहरू पनि सक्षम हुने विश्वास बढेका कारण विद्यालय शिक्षामा छोरीको पहुँच वृद्धि भएको जनाए।

'कक्षा ८ पास गर्दा छोराहरूलाई कमाउने माध्यम मानेर देशबाहिर विशेष गरी भारततिर पढ्न पठाउने चलन बढी छ', कार्कीले भने, 'मैले युनिसेफका लागि गरेको एक अध्ययनमा समेत सुदूरपश्चिम क्षेत्रका धेरै जिल्लामा कक्षा ८ पास छोराहरू पैसा कमाउन भारत गएको देखायो।' उनका अनुसार घर नजिकै विद्यालय भएकाले अभिभावकले छोरीहरूलाई स्कुल पठाउने गरेका छन्। उनले भने, 'राज्यका जिम्मेवार निकायमा छोरीहरू पुग्न थालेका छन्। अवसर पाए छोरी पनि सक्षम बन्न सक्छन्।'

सरकारले साक्षरता कार्यक्रम र शिक्षाका लागि मात्र शिक्षा दिने कार्यक्रम बन्द गरी सीपसँग जोडिने, आर्थिक आय हुने, व्यक्तित्व विकास हुने शिक्षा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। 'अबको शिक्षा निश्चित उद्देश्यसँग जोडिएर उपलब्ध गराउनुपर्छ', उनले भने, 'अनि मात्र छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउनुको लक्ष्य पूरा हुन्छ।'






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad