ठूला परियोजनाको विकास नगरी देशको विकास हुँदैनः नेता नेपाल

शनिबार, १२ चैत २०७३, १९ : ४६ नागरिक

काठमाडौँ- नेकपा (एमाले)का नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्।

एमालेको वैदेशिक मामिला विभागले आज यहाँ आयोजना गरेको ‘विकास र समृद्धि’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले नेपालमा ठूला परियोजना बन्न नदिने षड्यन्त्र भइरहेकाले विकासका लागि विद्यमान कानुनमा पनि सुधारको खाँचो औँल्याए।

नेता नेपालले कर्मचारीतन्त्र विकासमुखी नभएको र अदालतले पनि विकासका काम रोक्ने गरेको उल्लेख गर्दै विकासको लक्ष्य बनाउँदा आजको मात्र होइन, भोलिको आवश्यकतालाई पनि हेर्न आग्रह गरे।

“राष्ट्रिय पुँजी, प्रविधि र जनशक्ति परिचालन गर्दा हामीले ठूलो परिवर्तन गर्न सक्छौँ”, उनले भने— “अर्काको देशमा पुगेर गर्ने काम आफ्नै देशमा गर्दा मात्रै पनि समाज परिवर्तन हुन्छ ।”

कार्यक्रममा नेपालको विकासको मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजोको राजनीति अधिकारमुखी भएको तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्नेमा जोड दिए।

सो कार्यपत्रमाथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्य, अर्थशास्त्री डा विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज सङ्ग्रौला र समाजशास्त्री डा सुरेश ढकालले टिप्पणी गरेका थिए। रासस

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad