७ वैशाख २०८१ शुक्रबार
समाज

कालिकोट कारागारबाट कैदी फरार

पवित्रकुमार शाही

कालिकोट- जिल्ला कारागार कालिकोटबाट एक जना कैदी फरार भएका छन्। महावै गाउँपालिका (साविकको ओदानकु–५) का हेमन्त भनेर चिनिने बलबहादुर शाही फरार भएका हुन्।

जिल्ला कारागार कालिकोटमा अपहरण र कर्तब्य ज्यान मुद्दामा ८ बर्षदेखि जेल सजाय भोगिरहेका शाही शुक्रबार बिहान बजारमा समान किन्न गएको बेला फरार भएको जिल्ला कारागार कालिकोटका जेलर संजय महत्तोले बताए । ‘बजारमा समान किन्न गएको बेला फरार भएका हुन् ।’ उनले भने,–‘लामो समयदेखि जेल रहेका शाहीले सबैको विश्वास जितेका थिए ।’

कारागारमा कामदारको रुपमा रहेका शाही २०७४ साल जेठमा सजायँ भुक्तान गरि छुट्ने समय भएको बेला भागेको जेलर महतोले बताए। 

 

प्रकाशित: १२ चैत्र २०७३ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App