८ वैशाख २०८१ शनिबार
खेल

राजर्षि जनक कपः जावलाखेललाई पराजित गर्दै एपिएफ विजयी

सर्लाही– सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’ फुटबलअन्तर्गत चौथोे दिन शनिबारको खेलमा जावलाखेल युवा क्लब काठमाडौंलाई ०–२ गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।
 
एपिएफका तर्फबाट खेलको १४ औं मिनेटमा जर्सी नं.११ का नविन लामाले पेनाल्टी ऐरियाबाट पहिलो गोल गरे । लामाको पहिलो प्रयास गोलकिपरले फर्काए पनि दोश्रो पटकको प्रयास गोलमा परिणत भएको थियो।

लामाको गोलले १–० गोल अन्तरले अग्रता लिएको सशस्त्र प्रहरीको तर्फबाट दोश्रो हाफको ८ औं मिनेटमा जर्सी नं.२२ का राजेन्द्र रावलले गरे । सन्तोष श्रेष्ठको क्रस पासलाई हेड गर्दै रावलले गोल गर्न सफल भए। रावलको गोलसंगै २–० खेल भएपछि वावला खेल दवावमा परेका थिए ।

सशस्त्रको तर्फबाट पहिलो गोल गर्न सफल जर्सी नं.११ का नविन लामा म्यान आफ दी म्याच घोषित हुँदै नगद ५ हजार प्राप्त गरे। पहिलो चरण अन्र्तगतको अन्तिम खेलमा विजय सशस्त्र प्रहरी सेमिफानलमा प्रवेश गरेको छ भने जावलखेल खेलबाट बाहिरिएको छ ।

प्रतियोगिताको आइतबारदेखि हुने दोश्रो चरणअन्र्तगतको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी र हिमलायन शेर्पाबिच फाइनलको लागि प्रतिस्प्र्धा गर्ने छन् । मनाङले ब्वाइज युनियनलाई र हिमलायनले सीएमजी संकटालाई पराजित गर्दै सेमिफाइनलमा आएका हुन्। सेमिफाइनलको दोश्रो खेलमा सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बीच हुने छ ।

बागमति युवा क्लवको आयोजनामा सलाएहीको बागमति खेल मैदानमा ए डिभिजन स्तरको फुटबल प्रतियोगित भइरहेको छ।

प्रकाशित: १२ चैत्र २०७३ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App