७ वैशाख २०८१ शुक्रबार
समाज

गोली प्रहारबाट घाइते शिक्षकको मृत्यु

रौतहट- अज्ञात समूहले गोली हानी गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ। दुई दिन पहिले घरमै सुतिरहेका रौतहटको विश्रामपुर ८ घर भई मकवानपुरको कमला मावि डाँडाखर्कका विज्ञान शिक्षक राम एकबाल यादवलाई मंगलवार राती १ बजे झ्यालबाट अज्ञात व्यक्तिले गोली हानेको थियो।

विदामा घर आएका शिक्षक यादवलाई गोली लागेपछि गम्भीर अवस्थामा चन्द्रनिगाहपुर अस्पतालमा प्राथमिक उपचार गरी चुरे हिल अस्पताल हेटौँडामा थप उपचारको लागि भर्ना गरिएको थियो। हेटौँडामा पनि शिक्षक यादवको अवस्थामा सुधार नआएपछि अचेत अवस्थामै हेलीकप्टर चार्टर गरेर काठमाडौँ पुर्‍याइएका शिक्षक यादवको शनिवार बिहान ४ बजे मृत्यु भएको हो।

गाउँमा लेखापढी गर्ने र जमिन नापीको कारोबार समेत गर्ने यादवलाई गोली हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । जग्गाको विवादको कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको  छ। जग्गाको कारोबार गर्ने विश्रामपुर ४ का उमेश साह बनिया र रमौली १ का सुरेन्द्र रामलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन् ।

मृतक शिक्षकको शव राजधानी मै पोस्टमार्टम पश्चात अन्ति संस्कारको लागि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७३ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App