७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

सम्मेलनमा सब्धोन गर्दै प्रधानमन्त्री पु्ष्पकमल दााल। तस्बिर : संगीत संग्रौला

बाओ, हैनान- सात दिने भ्रमणमा चीन आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत आयोजना, पर्यटनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको आह्वान गरेका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको राजनीतिक उतारचढावपछि अबको प्राथमिकता  द्रूत आर्थिक विकासमा रहेको बताए। 'राजनीतिक उतारचढावपछि अब नेपालको प्रमुख प्राथमिकता आर्थिक परिवर्तन हो। हामी आर्थिक र पूर्वधार विकासमै केन्द्रीत छौं। एसियाका लगानीकर्तालाई नेपालको जलविद्युत आयोजना, पूर्वाधार विकास र पर्यटनमा लगानी गर्न आह्वान गर्न चाहन्छु,' उनले सम्बोधन गर्दै भने।

एसियाकै समृद्ध राष्ट्रहरु भारत र चीनको बीचमा रहेको नेपालमा लगानीका नयाँ क्षेत्रहरु प्रचुर रहेको उनले बताए। यसले नेपाललाई औद्योगिकीरण गर्न झन् सहयोग पुग्ने उनले बताए।

'हामीसँग प्रचुर स्रोतहरु छन्। लगानीका नयाँ क्षेत्रहरु छन्। हाम्रो स्थानीय बजारले एसियाको बजारलाई नै सहयोग पुर्‍याउन सक्छ। किनकि हाम्रा छिमेकी समृद्ध राष्ट्रहरु भारत र चीन छन्। हामीले हाम्रो बजारलाई विश्वब्यापीकरण गर्न चाहन्छौं,' उनले भने।

प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङ गोलीसँग शुक्रबार शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो।

 

प्रकाशित: १२ चैत्र २०७३ ०६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App