coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कार्यभार सम्हाल्न अाइपुगे भारतीय राजदूत

काठमाडौँ  – नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जितसिंह पुरी नेपाल आइपुगेका छन् । रञ्जित रेको तीन वर्षे कार्यकाल सकिएपछि भारतले उनलाई नेपालका लागि २४ औँ राजदूतमा सिफारिस गरेको थियो ।  उनी नेपाल आइपुगेको भारतीय दूतावासको आधिकारिक ट्वीटरमा उल्लेख छ । 
लामो समयदेखि भारतको विदेश सेवामा कार्यरत उनले यसअघि बेल्जियम, लक्जेम्बर्ग र युरोपेली युनियनका लागि राजदूतका रुपमा कार्यभार सम्हालिसकेका छन् । उनले सन् १९८२ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।

त्यसैगरी उनले सन् २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघस्थित भारतीय स्थायी नियोगमा स्थायी प्रतिनिधि र उपस्थायी प्रतिनिधिका रूपमा कार्य गरेका थिए। उनले एसिया प्यासिफिक पार्टनरसिप बोर्डको सदस्य भई काम गरेका थिए। पुरी सन् २००५ देखि २००९ सम्म भारतीय विदेश मन्त्रालयस्थित संयुक्त राष्ट्रसंघ महाशाखा प्रमुख थिए।

Amb Manjeev Singh Puri arrives in Nepal. Amb Puri to take over as the 24th Ambassador of India to Nepal. pic.twitter.com/5cJzq5AJG2

— IndiaInNepal (@IndiaInNepal) March 25, 2017

प्रकाशित: १२ चैत्र २०७३ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App