coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई लाख बराबरको सामान चोरी

रुकुम –शुक्रवार राती जिल्ला सदरमुकाम मुसीकोट खलंगाको एक पसल चोरी भएको छ । मुसीकोट नगरपालिकाका भोला प्रसाद केसीको इलेक्ट्रोनिक पसल चोरी भएको हो ।
उक्त पसलबाट मोवाइल, एमपी थ्रि, रिचार्ज कार्ड, नगद १५ हजार सहित दुई लाख बराबारको चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोरी गर्नेको खोजी भई रहेको प्रहरी नायव उपरीक्षक अंगुर जिसीले बताए । केही दिन अघि पनि खलंगाको एक पसलबाट दिउँसो नै ल्यापटप चोरी भएको थियो । यसरी सदरमुकाममा चोरीका घटना घट्न थालेपछि व्यापारी, स्थानीयहरू त्रसित भएका छन् ।
 

प्रकाशित: १२ चैत्र २०७३ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App