८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी मेरो साथी अभियान सुरु

काडमाडौं— प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा कायम राख्न सर्वसाधारणको समान सहभागिता र सहकार्यका लागि ‘प्रहरी मेरो साथी’ अभियान सञ्चालनमा ल्याएको छ। गृहमन्त्री शक्तिबहादुर बस्नेतले सोमबार एक औपचारिक कार्यक्रमबीच अभियानको सुरुवात गरेका छन्। प्रहरी मेरो साथी संकेत चिन्हको अनावरणपछि गृहमन्त्री बस्नेतले प्रहरी संगठनको छवि, प्रतिष्ठा र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

प्रहरीले घटनापछि पहिलो सूचना सर्वसाधारणबाट पाउने, अभियुक्तका सम्बन्धमा सुराकी र घटनास्थलको सुरक्षा समेतमा सर्वसाधारणको सहयोग अपरिहार्य रहेको सन्र्दभमा योजनावद्ध रुपमै प्रहरी मेरो साथी सञ्जाल स्थापना अभियान अन्र्तगत गर्नेछ। कार्यक्रममा बोल्दै गृहमन्त्री बस्नेतले राज्य र नागरिकबीचको दुरी घटाउन प्रहरी सहज र मजबुत माध्यम भएको उल्लेख गरे। उनले अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा समेत गरे।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अभियान २०३९ देखि संचालनमा रहेको सामुदायिक प्रहरीको अवधारणाकै एउटा ब्यापक स्वरुप भएको जनाए। उनले प्रहरीले संचालन गरेका विभिन्न कार्यक्रम र अभियानलाई एउटै छातामुनि ल्याउन अभियान सहायक हुने विश्वास व्यक्त गरे।

प्रहरी मेरो साथी अभियानका परिकल्पनाकार डिएसपी विश्व अधिकारीले दुर्गम स्थानमा प्रहरी पुग्नु अगावै प्रहरीका साथी पुग्नसक्ने र सूचनादेखि सर्वसाधारणमा केही धुमिल भएको छवि  सुर्धान कार्यक्रम संचालन हुने बताए। उनले प्रहरीका सबै कार्यक्रमहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणमा आवद्ध गर्नु, शान्ति सुरक्षा कायम गर्नमा नागरिकको भूमिकाका बिषयमा प्रशिक्षण तथा चेतनामूलक कार्यक्रमहरुको माध्ययमबाट अपराध न्यूनीकरण गर्नु, देशभरी प्रहरीका साथीहरुको सञ्जाल बनाई आवश्यक सम्पर्क र सहकार्य गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए।

दुई प्रहरी सम्मानित
गृहमन्त्री शक्तिबहादुर बस्नेतले पहिरोमा फसेका बालबालिकालाई ज्यान जोखिममा राख्दै उद्धार गर्ने दुई प्रहरीलाई सम्मान गरेका छन्। असार १८ गते धादिङको ‘रि’ गाविसको चेप्राङ गाउँमा पहिरो गइरहेको अवस्थामा पहिरोमा फसेका अपाङ्ग बालबालिकासहित १४ जनालाई सकुशल उद्धार गर्ने प्रहरी हवल्दार रुद्रबहादुर कुमाल र प्रहरी जवान संदिप कुमाललाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको हो।

प्रहरीले आदेश होईन कर्तव्य पालना गर्छ: महानिरीक्षक अर्याल
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीले माथिको आदेश होइन आफ्नो काम, कर्तब्य र अधिकार अनुसार कार्यगर्ने बताएका छन्। प्रहरी मेरो साथी अभियानको शुभारम्भमा बोल्दै अर्यालले प्रहरीलाई नयाँ अवधारणा स्थापित गर्ने जिम्मेबारी आफ्नो भएको बताउँदै अबको प्रहरीले आदेश मानेर बस्ने अवस्था नरहेको बताए। उनले भने ‘प्रहरी नयाँ धरातलमा उभिएर अघि बढ्न र स्थापित हुन प्रयासरत छ, सक्रमणकालिन अवस्थामा प्रहरीको भूमिका र जिम्मेवारी फरक हुन्छन्, माथिको आदेश होइन काम, कर्तब्य र अधिकारको पालना गर्ने हो।’
 

प्रकाशित: २७ असार २०७३ १३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App