coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान्छौं: संयोजक भट्टराई

भैरहवा- नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराइले जस्तो सुकै परिस्थितिमा पनि निर्वाचनमा जान तयार रहेको बताएका छन्।  पार्टीको हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय अभियान अन्तर्गत  शुक्रबार भैरहवामा भएको सभामा बोल्दै संयोजक भट्टराइले देशकालागि नयाँ शक्तिको खाँचो रहेकाले जस्तोसुकै अवस्थामा आफुहरु चुनावमा जान तयार रहेको बताए। नेता भट्टराईले एमाले कांग्रेस र माओवादी केन्द्रले मुलुकलाइ अनन्त काल सम्म बाह्य शक्तिको हातमा सुम्पने खालको गतीविधि गरीरहेको आरोप समेत लगाए।

संविधान संशोधन गर्न दिन्नौ भन्ने एमालेको हठ पञ्चायती शैली भएको भट्टराइले भनाई थियो। तराई मधेसको भुमीमा जन्मिएका र त्यहाँ बस्ने आदिवासी मधेसी थारुहरु नेपाली हैनन् भन्नु तथ्य परक नभएको भन्दै उनले संविधानमा असन्तुष्ट पक्षहरुको माग लेनदेन गरेर भएपनि सबै पक्षलाई समेटेर चुनाव गर्नु अहिलेको निकास भएको धारणा राखे।

संयोजक भट्टराईले संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानु पर्नेमा जोड दिए। नेता भट्टराईले संविधान संशोधन गरेर सबैलाई समेटेर निर्वाचनमा जानु पर्नेमा जोड थियो। सशोधन बिनै गरीएको निर्वाचनमा सबै सहभागी नहुने र त्यसबाट देशलाई खतरा हुने नेता भट्टराईको दावी थियो। सभामा बोल्दै नेता भट्टराईले ठूला दलको हठमा सविधान सोशोधन नगरी चुनाव गरीए बाह्य शक्तिले हात हाल्ने र मुलुकमा कस्मीरको जस्तै अवस्था निम्तन सक्ने खतरा रहेको औल्याए। उनले सरकार राजनीतिक सहमती खोजेर सबैलाइ मिलाएर लैजाने तर्फ भन्दा राजनीतिक भागबण्डामा लागेकाले निकास निश्कन नसकेको बताए।

एकल जातीय अहंकारवादका विरुद्ध मधेसका केही निराशावादी युवाहरुले छुट्टै अभियान चलाउनु  बिखण्डनको खतरा बढेको भन्दै उनले त्यसलाई समयमै रोक्न सबैले पहल गर्नु पर्नेमा जोड दिए। हिमाल, पहाड र तराई–मधेसलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले नयाँ शक्तिले अभियान चलाएको उनले बताए।

नया शक्ति निर्वाचन बिरोधी नभएको भन्दै उनले बैशख ३१ मा निर्वाचन गर्न आजैदेखि सबैलाइ समेटेर अगाडी बढ्न ठूला दललाई आग्रह गरे।

 

प्रकाशित: ११ चैत्र २०७३ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App