७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

शिव सेनाका सांसदलाई एयर इन्डियाले नउडाउने

दिल्ली – एयर इन्डिया तथा भारतीय स्वतन्त्र उडान समितिले शिव सेनाका सम्पूर्ण सांसदहरूलाई आफ्नो एयरलाइन्स मार्फत नउडाउने भएको छ ।


“उडान क्षेत्रमा कार्यरतहरूको सुरक्षित रोजगारीका लागि तथा उडानका क्रममा नागरिक सुरक्षाका लागि तत्कालैका लगि उक्त निर्णय भएको हो ।”

 एयर डन्डिया र भारतीय स्वतन्त्र उडान समितिले तत्कालका लागि त्यसले असर पार्ने कारण देखाई शिव सेनाका कुनै पनि सांसदलाई उडानमा बन्देज लगाएको हो । भारतीय स्वतन्त्र उडान समितिका प्रबन्ध निर्देशक उज्वल डेका अनुसार “उडान क्षेत्रमा कार्यरतहरूको सुरक्षित रोजगारीका लागि तथा उडानका क्रममा नागरिक सुरक्षाका लागि तत्कालैका लगि उक्त निर्णय भएको हो ।” 
शिव सेनाले उडान क्षेत्रमा कार्यरत एक कर्मचारीलाई नराम्रो व्यवहार गरेकाले भारतीय स्वतन्त्र उडान समितिले एयर इन्डियाबाट यात्रा गर्नका लागि प्रतिबन्ध लगाएको हो ।
एयर इन्डियाका कर्मचारीहरूका अनुसार सांसद भनेका जनताका सेवक भएकाले उनीहरुले जन हितका कार्य गर्नपर्छ ।
 

प्रकाशित: ११ चैत्र २०७३ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App