४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री टेरेसा मे बन्ने निश्चित

लन्डन-  बेलायतको सत्तारुढ दल कन्जरभेटीभ दलको नेतामा टेरेसा मे निर्विरोध भएकी छन्। उनकी एकमात्र प्रतिष्पर्धी आन्द्रिया लिड्समले आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेता भएको औपाचारिक रुपमा घोषणा गरिएको हो। टेरेसा मेको सन्तान नभएकाले आफू उनीभन्दा योग्य उम्मेदवार रहेको बयान दिएपछि लिड्समको सर्वत्र आलोचना भए पछि उनले सोमवार आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन्। बेलायतमा हालै भएको जनमत संग्रहले यूरोपीयन युनियनबाट बाहिरीने भन्ने पक्षमा बहुमत आए पछि प्रधानमन्त्री डेविड क्यामरुनले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए। दलको नेता चयन भए पछि मेलाई बेलायतको प्रधामन्त्री बन्ने बाटो खुलेको हो।

प्रकाशित: २७ असार २०७३ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App