‘दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल’

शुक्रबार, ११ चैत २०७३, १४ : ०१ नागरिक

काठमाडौँ – सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन्। 

सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा : सञ्चालन, आचरण र अनुशासन एवम् विभागीय कारबाही’ विषयक अन्तक्र्रियामा उनले भने – “कर्मचारी सङ्गठनले राजनीतिक दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल छ ।” 

मन्त्री बुढाथोकीले जनताप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न र निर्वाचनको कार्यलाई सहयोग पुर्याउन कर्मचारीलाई निर्देशन दिए । 

नेपाल सरकारका सचिव र विभागीय प्रमुखको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले अनुशासनहीन काम गर्नेलाई विभागीय कारबाही गर्न निर्देशन दिए । 

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्णय गर्दा आधार कारण उल्लेख नगरी निर्णय गर्ने प्रथा अन्त्य गर्ने तथा जवाफदेही बहन नगर्नेहरुबाट क्षतिपूर्ति भराउनेसमेत व्यवस्था गर्ने कुरामा जोड दिए । 

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरुवा, काज, अध्ययन बिदा कानुनसम्मत नभएकोतर्फ सचेत हुन सबैलाई ध्यानाकर्षण गराए । रासस 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad