coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्य शिविर अवलोकन गर्न गगन थापा राैतहटमा

स्वास्थ्य शिविर अवलोकन गर्दै स्वास्थ्यमन्त्री गगन थापा। तस्विरः मदन ठाकुर

रौतहट—स्वास्थ्य मन्त्री गगन थापा स्वास्थ्य शिविर निरीक्षणका लागि राैतहट अाएका छन्। शुक्रबार बिहान गाैर अाइपुगेका उनले आम नेपाली जनताहरुको आधारभूत आवश्यकता स्वास्थ्य भएको बताए। समुचित स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका क्षेत्रमा स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गरी मानवीय धर्म निर्वाह गरेको उनको भनाइ थियो।

यहाँ देखिएको विरामीको चाप हेर्दा रौतहटमा साँच्चिकै स्वास्थ्य सेवाबाट हजारौं हजार जनता बञ्चित भएको आफूलाई महसुस भएको मन्त्री थापाले बताए।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाद्वारा रौतहटको गौरमास सञ्चालित निःशुल्क साताव्यापी सघन स्वास्थ्य शिविर तथा जिल्ला अस्पताल गौरको निरीक्षण पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य मन्त्री थापाले उक्त कुरा बताएका हुन्।

विभिन्न जिल्लाहरुको अनुसन्धानमा सबैभन्दा दैनिय अवस्था रौतहटको देखिएपछि नेपाली सेनाको मोवाइल अस्पताललाई सदुपयोग गर्दै मन्त्रालयले शिविर रौतहट ल्याएको हो। यहाँ देखिएको विरामीको चाप हेर्दा रौतहटमा साँच्चिकै स्वास्थ्य सेवाबाट हजारौं हजार जनता बञ्चित भएको आफूलाई महसुस भएको मन्त्री थापाले बताए।

रौतहट लगायत मुलुकको विभिन्न सरकारी जिल्ला अस्पतालहरुको स्तर उन्नति गरी आम नेपाली नागरिकहरु आफनै मुलुकमा समुचित एवं गुणस्तरिय स्वास्थ्य सेवा पाउन भनेर आफू दिनराति लागि परेको मन्त्री थापाले बताए। रौतहटमा देखिएको जनशक्ति अभावलाई पुरा गर्न स्वास्थ्य मन्त्रालयको विशेष टोली यहीँ बसेर अध्ययन गरिरहेको तथा जिल्ला अस्पतालमा चाहिने सवै साधनहरुको व्यवस्थापन गरिने समेत उनले जानकारी दिए। जिल्ला अस्पताल लगायत चन्द्रपुर अस्पतालको स्तरवृद्धि गर्न सरकारले उचित ध्यान दिएको उनको दाबी थियो।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा स्वास्थ्य मन्त्री थापाले चुनाब तोकिएकै समयमा हुने र  मधेशी मार्चा चुनाब माग लिने बताए।

प्रकाशित: ११ चैत्र २०७३ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App