५ वैशाख २०८१ बुधबार
राजनीति

मोर्चाले मेटायो समन्वय समिति र नगरपालिकको साइनबाेर्ड

महोत्तरी – स्थानीय तहको निर्वाचनको विरोधमा रहेका मधेशी मार्चाका नेता कार्यकर्ताहरूले शुक्रबार सदरमुकाम जलेश्वर स्थित जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको साइनबाेर्ड मेटाउनुको साथै दुबै कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन । 
सयौंको संख्यामा रहेका मधेसी मोर्चा नेता कार्यकताहरूले जिल्ला समन्वय समिति महोत्तरी उल्लेख गरिएको साइनबोर्ड कालो पेन्टले पोतेर मेटाएका छन । 
मोर्चाका नेताहरूले जिल्ला समन्व्य समितिका स्थानीय विकास अधिकारी बस्ने कोठा, लेखा र प्रशासनिक कामकाज सञ्चालन गर्ने कोठाहरूमा तालाबन्दी गरेका छन । 
यसैगरी मोर्चाका नेताहरूले जलेश्वर नगरपालिकामा समेत पुगेर त्यहाँको साइनबोर्ड कालोपोतेर मेटाएका छन् भने कार्यालय प्रमुख बस्ने कोठा लगायत लेखा र प्रसानिक काम हुने कोठाहरूमा तालाबन्दी गरिएको मोर्चाका घटकदल तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरी अध्यक्ष अभिराम शर्माले बताए । मोर्चा नेता कार्यकर्ताहरूको तालाबन्दी पश्चात दुवै कार्यालयको कामकाज ठप्प हुन पुगेको छ । 
स्थानीय तह पुनःसंरचना भए लगतै जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकामा नयाँ साइनबोर्ड छाप र लेटरप्याड प्रयोग गरेर कामकाज सूचारु गरेका थिए । 
मोर्चाले निर्वाचन अगावै संविधान संशोधन गरे मात्र आफुहरू चुनावमा भाग लिने जनाउ दिदैं निर्वाचनको विरोधमा यसअघि नै महोत्तरीमा तोकिएको १२ गाउँपालिका मध्ये अधिंकाश गाउँपालिकाको कार्यालयहरूमा तालाबन्दी गरेर कामकाज ठप्प पारिसकेका छन् । 
यता मधेसी मोर्चाको अवरोधको कारण महोत्तरीको १२ गाउँपालिका र ३ नगरपालिकामा मध्ये १० वटा गाउँपालिका र दुई वटा नगरपालिकाको कामकाज अवरुद्ध हुन पुग्दा सर्वसाधारण मर्कामा पर्दै आएका छन । 

प्रकाशित: ११ चैत्र २०७३ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App