कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

शुक्रबार, ११ चैत २०७३, १३ : ०१ नागरिक

रोल्पा – उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । 

शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने — ‘वैशाख ३१ गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा सर्दैन ।’ 

उपप्रधानमन्त्री महराले मधेस केन्द्रित दल पनि सहमति नजिक आइसकेको बताउँदै “सीमाङ्कन बाहेकका विषयमा संविधान संशोधन गर्ने विषयमा मोर्चा सकारात्मक देखिएका छन् भने सीमाङ्कनको विषय थाति राखेर अगाडि बढ्ने कुरामा नेकपा एमाले पनि सहमत भएका छन् भने ।” 

“राजनीतिक गाँठो पनि क्रमशः फुकिँदै छ, जनताको ठूलो हिस्सा निर्वाचनलाई महोत्सवको रुपमा स्वागत गर्न आतुर छन्, यस्तो अवस्थामा निर्वाचन कसरी रोकिन्छ, ?”उनले भने— मोर्चासँग निकट भविष्यमा हुने सहमतिपछि मुलुकमा निर्वाचनको माहोल बन्छ । 

उपप्रधानमन्त्री महराले स्थानीय तहको संरचना कार्यान्वयनलाई इतिहासकै ठूलो उपलब्धि भएको बताउँदै स्थानीय तहको केन्द्रका बारे सानातिना विवाद आए पनि आपसी सहमतिमा त्यसलाई समाधान गरिने धारणा व्यक्त गरे । 

सिंहदरबारमा भएको अधिकार गाउँ÷गाउँसम्म पुग्ने गरी राज्य पुनःसंरचना हुनु नेपालको इतिहासमा चानचुने विषय होइन, उनले भए — “ आगामी वर्षको बजेट सङ्घीय वित्तीय व्यवस्था अनुसार विनियोजन हुन्छ ।” 

उपप्रधानमन्त्री महराले “तयारी अभावका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै विषयमा लिखित सम्झौता नभए पनि सबै विषयमा द्विपक्षीय कुराकानी हुने बताउँदै विशेषगरी वन वेल्ट वन रोड, केरुङ काठमाडौँ रेलमार्ग विस्तार, विशेष आर्थिक क्षेत्र, तेल भण्डारण तथा ऊर्जासँग सम्बन्धित विषयमा नेतृत्व तहमा द्विपक्षीय कुराकानी हुने र त्यसै आधारमा निकट भविष्यमा सो सम्बन्धी सम्झौता हुने छ भने ।” 

प्रधानमन्त्री दाहाल र चिनियाँ उच्च व्यक्तिसँग राजनीतिक, कुटनीतिक र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने जानकारी दिदैं उहाँले मर्यादाक्रमको विषयलाई लिएर उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीच देखिएको समान्य विवाद केहि दिनमै स्वतः व्यवस्थापन हुने बताए । 

रोल्पामा गैर कानुनी बाटोबाट विकास निर्माणका लागि बजेट आएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा अर्थमन्त्री महराले भने— “राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएको योजनामा मात्र बजेट विनियोजन भएको छ ”। 








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad