coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चारकिलो चाँदीसहित दुई पक्राउ

जनकपुरधाम – चारकिलो अवैध चाँदी सहित धनुषाको पोर्ताहाबाट दुई जना पक्राउ परेका छन् । पश्चिमबाट पुर्वतर्फ गइरहेको बा ८१ प ८६५९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पूर्व–पश्चिम राजमार्गको पोर्ताहास्थित चेकपोइन्टबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा महोत्तरी, बर्दिवास –६ का २२ वर्षीय सञ्जोग घटानी र सोही स्थानका २९ वर्षीय नवराज लोहनी रहेका छन् । उनीहरुले बोकेको तयारी गहनासहित चारकिलो चा“दीको कुनै बिल तथा कागजात नभेटिएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केवर पठाइएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रकाशित: ११ चैत्र २०७३ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App