८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन टाइम्स्का पत्रकारलाई म राष्ट्रपति हुँ तिमी होइन भन्दै आक्रोश व्यक्त गरेका छन् । पछिल्लो समयमा सञ्चार माध्यमहरूले झुटा समाचार लेखेको भन्दै मिडियाकर्मीहरू प्रति आरोप लगाएका उनले अन्तवार्ताका क्रममा उक्त आक्रोश व्यक्त गरेका हुन् ।
अन्तवार्ताका उनले आफू एक कर्मशील, तथा देशप्रेमी व्यक्ति भएको स्वीकारोक्ति गरेका छन् ।
उनले अन्तवार्ताको क्रममा चुनावी प्रचार प्रसारको अभियानको क्रममा ओबामा प्रशासनले उनको फोन ट्याप गरेको तथ्यलाई दोहोर्राएका छन् । उनले जीवनमा कस्तो प्रकारको कार्यशैलीले सफलता पाउन सकिने भन्ने बारे आफू सधँै जानकार रहेको समेत बताए । 
वासिङटन टाइम्सले तयार गरेको कभर स्टोरी “सत्यताको मृत्यु ” भन्ने शिर्षकको छलफलका क्रममा उनले फोन ट्यापको प्रसङग दोहोर्याएका हुन् । उनले आफ्ना आलोचकहरूको खण्डन गर्दै भने, ‘म जे गर्छु त्यो देश जनताको हितमा मात्र गर्छु । ’
  
 

प्रकाशित: ११ चैत्र २०७३ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App