७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसद दुलारीको पार्थिव शरीर पार्टी कार्यालयमा

काठमाडौँ –नेकपा (एमाले)का दिवङ्गत सांसद दुलारी देवीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा राखिएको छ । 

उपचारका क्रममा गएराति बिएन्डबी अस्पताल, ललितपुरमा निधन हुनुभएका सांसद देवीको पार्थिव शरीरलाई बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने र अध्यक्ष केपी शर्मा ओलीसहित नेताले श्रद्धाञ्जलि दिने एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । 

यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा गम्भीर घाइते सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उनका पति, दुई छोरा र दुई छोरी छन् । रासस 

प्रकाशित: ११ चैत्र २०७३ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App