७ वैशाख २०८१ शुक्रबार
समाज

गैँडाको आक्रमणबाट महिलाको मृत्यु


नवलपरासी – नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा महतोलाई  गैँडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । महतो घरदेखि दुई किमीको दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित: ११ चैत्र २०७३ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App