coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार उप्रेतीलाई विद्यावारिधि

काठमाडौं– वरिष्ठ पत्रकार टंक उप्रेतीले ‘पत्रकारिता तथा आमसञ्चार’ विषयमा विद्यावारिधि उपाधि पाएका छन् ।

‘मिडिया एन्ड एथ्निसिटीः रिप्रेजेन्टेसन अफ माइनोरिटिज इन नेपाली टेलिभिजन न्युज’ शीर्षकमा उनले गरेको अनुसन्धानका लागि त्रिविले उनलाई पिएचडी उपाधि प्रदान गरेको हो ।

उप्रेतीले लन्डनबाट आमसञ्चार र त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्  । उनी नेपाली सञ्चारको प्राज्ञिक र व्यवसायिक दुवै क्षेत्रमा सक्रिय रहँदै आएका छन्  ।

नेपाल टेलिभिजनको कार्यकारी निर्माताका रुपमा कार्यरत उनका सञ्चार अनुसन्धान,   नेपाली टेलिभिजनः विकास र बहसलगायत किताब  प्रकाशित भएका छन् ।

 

प्रकाशित: १० चैत्र २०७३ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App