८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इलेक्ट्रोनिक्स बन्देजले घटायो यात्रु

दुबई – दुबई अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखले बेलायत र अमेरिका भ्रमणका क्रममा इलेक्ट्रोनिक्स उपकरण लैजान नपाइने नियमका कारण यात्रुको संख्यामा कमी आएको बताएका छन् ।
अमेरिकी सरकारले बुधबार दुबई विमानस्थलबाट सिधै अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजानका लागि बन्देज लगाएको थियो । मोबाइल, स्मार्टफोन, ल्यापटप लगायतका उपकरणहरू साउदी अरेबिया लगायतका विभिन्न ८ इस्लामिक मुलुकबाट बेलायत र अमेरिका उडानका क्रममा लैजानका लागि बन्देज गरिएको छ । उक्त निर्णयले दुबई विमानस्थलबाट सिधै अमेरिका तथा बेलायत भ्रमणमा सिधै जाने यात्रुहरूको संख्यामा कमी आएको दुबई विमानस्थल प्रमुखले बताए ।
यस्ता इलेक्ट्रोनिक्स डिभाइस्हरूमा बम लुकाउन सकिने र यसले गर्दा अपराधिक गतिविधिहरूमा वृद्वि भएको भनाई अमेरिका र बेलायतको रहेको छ ।
बन्देजले व्यापारिक क्षेत्रका व्यतिmहरूलाई प्रभाव पारेको छ । दुबई विमानस्थलबाट कम्तीका ८९ लाख यात्रुहरुले गत वर्ष मात्र अमेरिका र बेलायतको भ्रमण गरेको तथ्य पत्ता लागेको छ । जस तथ्याकंले दुबई विमानस्थल संसार कै एक व्यस्त र विमानस्थल हो जुन अत्याधुनिक विमानस्थल मध्ये एकमा पर्छ ।
 

प्रकाशित: १० चैत्र २०७३ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App