coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

शौचालयसहितको बस सेवा सुरु

डडेल्धुरा – उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा— काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ । 

नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ । 

करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठमाडौँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए । 

विहीबार एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा रु दुई हजार तोकिएको छ । 

डडेल्धुराबाट काठमाडौँ तथा कामठमाडौँबाट डडेल्धुराका लागि दैनिक एकरएक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ । रासस 

प्रकाशित: १० चैत्र २०७३ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App