७ वैशाख २०८१ शुक्रबार
अर्थ

भोजपुरमा सुन्तलाबाट भित्रियो २४ करोड

भोजपुरमा फलेको सुन्तला  तस्विर : एक्सन राई


भोजपुर – गत वर्षको भन्दा यस वर्ष उत्पादनमा वृद्धि भए पछि भोजपुरमा सुन्तला विक्रिवाट २४ करोड भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरको अनुसार यस वर्ष सुन्तलाको उत्पादनमा करिव ८ सय मेक्ट्रीक्टनले वृद्धि भएको हो । यो वर्ष ७ हजार ९ सय २० मेक्ट्रीटन सुन्तला उत्पादन वृद्धि भएको  छ भने गत  वर्ष ७ हजार २ सय  २४ मेक्ट्रीटन  उत्पादन भएको थियो । 
यस वर्ष सुन्तलाबाट २३ करोड ७६ लाख आम्दानी भएको जिल्ला कृषि कार्यालय भोजपुरका वागवाणी अधिकृत कृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष १८ करोड, ११ लाख २५ रुपैयाँ मात्र आम्दानी भएको थियो ।  
अन्नपूर्ण क्षेत्रमा २ हजार ८ सय ४७, दिंला क्षेत्रमा १ हजार १५, रानीवास क्षेत्रमा १  सय ५७ मेक्ट्रीटन र जिल्लाको सबै ठाउँमा गरी सो बराबरको सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । 
जिल्लामा २ सय  ८७ वटा ठूला बगैँचा र अन्य ठाउँमा सामान्य रुपमा सुन्ताल खेती हुने गरेको कार्यालयले जनाएको छ । भोजपुरमा उत्पादन भएको सुन्तला धरानको कृषि बजार, इटहरी, विराटनगर लगायत ठाउँमा खपत हुने गर्दछ ।  
३ करोड बराबरको सुन्तला आन्तरिक खपत हुने र अन्य बाहिरी जिल्ला जाने कार्यालयले जनाएको छ । पछिल्लो समय सुन्तला खेतीमा लाग्ने कृषकको संख्या बढेको अधिकृत रेग्मीको भनाई छ । भोजपुरमा प्राय सबै गाउँपालिकामा सुन्ताल उत्पादन हुने गर्दछ । सुन्तला खेती विस्तारको लागि जिल्ला कृषि कार्यालयले पनि वार्षिक रुपमा ३० हजार विरुवा बाँढ्दै आएको जनाएको छ ।

प्रकाशित: १० चैत्र २०७३ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App