८ वैशाख २०८१ शनिबार
समाज

व्यापारी अपहरणको पोल खुल्ने त्रासले प्रेमीकाको हत्या

काठमाडौं— अपहरणको पोल खुल्ने त्रासले अपहरणकारीले अाफ्नै प्रेमिकाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले व्यापारी श्यामसुन्दर अग्रवालको अपहरणमा संलग्न राधिका श्रेष्ठको हत्या उनकै प्रेमी तथा अपहरणका योजनाकारण प्रकाश लामिछाने गरेको जनाएको हो।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार श्रेष्ठको हत्या उनको प्रेमी तथा अपहरणका योजनाकार लामिछाने गरेको र अपहरणको पोल खुल्ने भएपछि श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

हत्यामा संलग्न भएको आरोपमा दुवैलाई पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। गत फागुन ५ मा न्युरोडबाट अपहरणमा परेका अग्रवाल आठ लाख फिरौती बुझाएर अपहरणमुक्त भएका थिए। उनी अपहरण भएकै दिन श्रेष्ठको हत्या भएको थियो। राधिका अग्रवालकै पसलमा काम गर्थिन्। अग्रवालको अपहरणमा राधिकाको समेत संलग्नता देखिएको थियो।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार श्रेष्ठको हत्या उनको प्रेमी तथा अपहरणका योजनाकार लामिछाने गरेको र अपहरणको पोल खुल्ने भएपछि श्रेष्ठको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए।

प्रहरीले अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा २ जना सहयोगीलाई पक्राउ गरे पनि मुख्य अभियुक्त लामिछाने भने अझै फरार नै छन्।

प्रकाशित: १० चैत्र २०७३ ०८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App