७ वैशाख २०८१ शुक्रबार
राजनीति

सूचना नदिए कारबाही: प्रमुख आयुक्त बाँस्कोटा

भक्तपुर-प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना उपलब्ध गराउन हिचकिचाहट गरे उनीहरुमाथि कारबाही गर्ने बताएका छन्। प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक चासोका विषयमा सूचना माग्न पाउने अधिकार रहेको भन्दै उनले नदिए कारबाहीको दायरामा ल्याउन सक्ने बताएका हुन्।  
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले सूचना आयोगले कारवाही गरेका ब्यक्तिहरुलाई सरकारले कुनै पनि सम्मान गर्न नहुनेतर्फ सचेत गराए। उनले सञ्चार र कानुन अध्ययन गरेकालाई सूचना अधिकारी नियुक्ति गर्न सके सूचनाको हकमा सहजता आउने तर्क गरे। सूचना आयोगको गठनसँगै १६ सय मुद्दामा फैसला गरिसकेको उनले जनाए । सूचनाको हकमा नेपालीको अग्रसरता बढ्दै गएता पनि सहजै सूचना उपलब्ध गराउने परम्पराको थालनी नभइसकेकाले यसतर्फ सबै नागरिक सचेत भएर लाग्नुपर्ने उनले बताए ।  सूचनाको हकको उपयोग गर्न अग्रसर बने सूचनाको हकबाट कोही बञ्चित नहुने उनको भनाई छ । सूचना आयोगको गठनसँगै १६ सय मुद्दामा फैसला गरिसकेको उनले जनाए।

 

प्रकाशित: २७ असार २०७३ ०९:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App