८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

वेलायतको संसद भवन अगाडि भएको अाक्रमणमा मारिनेको संख्या ५ पुग्यो

एजेन्सी—लण्डनको संसदीय भवन अगाडि भएको हमलामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ। ४० भन्दा बढी घाइते भएका बीबीसीले जनाएिको छ। उक्त घटनाको घोर निन्दा गर्दै विश्वका नेताहरुले ब्रिटेनको समर्थन गरेका छन्।

संसद भवन अगाडि भएको आक्रमणको लगतै हमलाकारीले संसद भवन बाहिर सुरक्षामा खटिएका एक प्रहरीमाथि छुरा प्रहार गरी हत्या गरेका थिए। सुरक्षाकर्मीको प्रत्याक्रमण ती व्यक्ति मारिए।

हमलामा एक प्रहरी र एक हमलाकारीसहित पाँच जनाको मृत्यु भएको छ। संसद भवन अगाडि भएको आक्रमणको लगतै हमलाकारीले संसद भवन बाहिर सुरक्षामा खटिएका एक प्रहरीमाथि छुरा प्रहार गरी हत्या गरेका थिए। सुरक्षाकर्मीको प्रत्याक्रमण ती व्यक्ति मारिए।

उक्त हमलामा मारिनेप्रति समवेदना व्यतm गर्र्दै फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले उक्त घटना प्रति निन्दा गर्दे बेलायती जनता र सरकारको समर्थन गरेका छन्। उनले फ्रान्सको तर्फबाट बेलायतलाई सम्पूर्ण साथ र सहयोग रहने बताए।

त्यसैगरी अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले बेलायती जनताप्रति समवेदना प्रकट गर्दै बेलायती सुरक्षा फौजको प्रशंसा समेत गरेका छन्।

हमला कसले गर्‍यो भने बारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले घटना इस्लामवादसँग सम्बन्धित हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

प्रहरीका वरिष्ठ आतंकवाद अधिकारी मार्क रावका अनुसार आफुहरुले अपराधीहरु पत्ता लगाइसकेको बताएका छन्। बेलायती प्रधानमन्त्रीले घटनाको घोर निन्दा गर्दे अपराधीहरुलाई छिटो भन्दा छिटो कानुनी कठघरा ल्याउनुपर्र्र्नै बताएकी छिन्। उनले आफ्नो ज्यान धरापमा राखी सुरक्षा प्रदान गर्न खटिएका सुरक्षाकर्मीहरुको प्रशंसा गरेकी छिन्। 

 

प्रकाशित: १० चैत्र २०७३ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App