coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मातातीर्थका ४ खानेपानी उद्योगमा शिलबन्दी

मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्रालीमा गरिएकाे शिलबन्दी। तस्बिरः प्रतिक रायमाझी

काठमाडौं– विभिन्न सरकारी निकायका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले सोमबार मातातीर्थ क्षेत्रका ४ पानी उद्योगलाई शिलबन्दी गरेको छ। मातातिर्थ क्षेत्रमा सञ्चालित पानी उद्योगहरुको अनुगमन निरीक्षणका लागि सञ्चारकर्मीहरुसहित त्यस क्षेत्रमा पुगेको टोलीले मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्राली र स्प्रिङ मिनरल वाटर अफ मातातीर्थ प्राली, सगरमाथा फुड एण्ड वेभरेज र राेयर स्प्रिङ मिनरल एण्ड वेभरेज प्रालीको उत्पादन प्लाण्टमा शिलबन्दी गरेको हो। 

मातातीर्थ स्प्रिङ वाटर एन्ड वेभरेज प्रालीले राेयल्याण्ड ब्राण्डकाे र स्प्रिङ मिनरल वाटर अफ मातातीर्थले अक्वा संसार र अक्वा २४ क्यारेट ब्राण्डका मिनरल वाटर उत्पादन गरेर वितरण गर्दै अाएका छन्। त्यस्तै सगरमाथा फुड एण्ड वेभरेजले 'सफा पानी' र राेयर स्प्रिङले 'ए–वान' ब्राण्डका मिनरल वाटर उत्पादन गरी वितरण गर्दै अाएका छन्।

यी उद्योगहरुको व्यवस्थापनमा निकै कमिकमजोरी रहेको, परीक्षण ल्याबको उपयुक्त व्यवस्था नभएको, शौचालयको अवस्था निकै दुर्गधिन्त तथा नाजुक रहेको र अनुगमन टाेलीले मागेकाे कागजात उपलब्ध नगराएकाेले कारवाही स्वरुप शिलबन्दी गरिहएको टोलीमा संलगन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत दशरथकुमार बर्माले बताए।

‘उद्योग व्यवस्थापनमा धेरै कमी कमजोरीहरु पाइएका छन्, त्यसमध्ये शौचालय व्यवस्थापनमा निकै कमजोरी देखियो,’ उनले भने, ‘अनुगमन टोलीले औंल्याएको कमिकमजोरी सुधार गरी फेरी खाद्य प्रविधि विभागमा खबर गरी कमजोरी सुधारिएको पाइएपछि मात्रै शिलबन्दी खोलिने छ।’ 

आपूर्ति मान्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गएको उक्त टोलीमा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, खानेपानी बोर्डलगायतका सरकारी निकायका प्रतिनिधि सम्लित छन्। 
 

प्रकाशित: २७ असार २०७३ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App