coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनपछि विकास निर्माणले गति लिन्छ : राज्यमन्त्री महतो

पाँचथर – भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताएका छन् । 

पाँचथरको फिदिममा बिहीबार बिहान पार्टी भेटघाट कार्यक्रममा बोल्दै उनले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने र निर्वाचनपश्चात् जनताले चाहेअनुरुपको विकास हुने बताए । 

उनले मधेसवादी दललाई पनि सामेल गराएर स्थानीय तहको निर्वाचनमा सँगै लैजानुपर्ने पनि बताए । अबको स्थानीय तहको निर्वाचनमा वडादेखि तहसम्मको चुनावमा नेपाली काँग्रेसले जित्नुपर्ने उनले बताए । 

त्यसका लागि पार्टीका आम नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न समेत उनले आग्रह गरे । पार्टीले विकास निर्माणको निम्ति नीतिनिर्माण गरिसकेको हुँदा नेपाली काँग्रेसले नै स्थानीय तहमा जित्नुपर्ने उनको भनाइ थियो । रासस 

प्रकाशित: १० चैत्र २०७३ ०४:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App