६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

गर्भवती महिलाकालागि सार्वजनिक यातायातमा अलर्टको व्यवस्था

बुसान–दक्षिण कोरियाले बुसान सहरमा गरेको सफल परीक्षणपछि गर्भवती महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा सिटको व्यवस्थाकालागि ब्लुटुथ–पावर सिस्टमको गोजना अघि बढाउने भएको छ।  अब त्यहाँका हरेक सार्वजनिक यातायातमा एक पिंक रंगको बत्ति जडान गरिएको हुन्छ ।जसले गर्भवती महिलाले आफ्नो साथमा राखेको एउटा डिभाइसमा जडान गरिएको सेन्सरका माध्यमबाट उसलाई सिटको आवश्यक भए नभएको जनाउ दिने छ।

 उक्त उपकरणको गत अप्रिलमा ५ सय जना गर्भवती महिलामा सफल परीक्षण गरिएको थियो ।  उसले यसै वर्षको अन्त्यसम्ममा उक्त सेन्सर सिस्टम  बस तथा रेलहरुमा कार्यान्वयनमा ल्याइसक्ने जनाएको छ ।

त्यहाँका धेरै गर्भवती महिला यात्रुहरुले सार्वजनिक यातायातामा कार्यालय समयमा यात्रा आफूहरुलाई सिट पाउन निकै गारो हुने गरेको बताउँदै अएका थिए। त्यस्तै अन्य यात्रुहरुले भने महिला यात्रु गर्भवती भए नभएको थाहा नभएकाले यस्तो समस्या अएको बताएका थिए । उनीहरुले सार्वजनिक यातायातमा महिलालाई उनीहरुको गर्भका बारेमा सोध्दा गलत अर्थ लाग्ने गरेको पनि बताएका थिए।

गर्भवती यात्रुहरुले यात्रा गर्दा आफ्नो ब्याग अथवा कोटको बाहिर सेन्सरयुक्त उपकरण जडान गरिएको हुन्छ जसको ब्याट्रीको अवधि ६ महिनाको हुनेछ । तर केही गर्भवती महिलाहरु भने यस्तो व्यवस्थाप्रति आपत्ती जनाएका छन् ।
बेलायतमा पनि गर्भयात्रुहरु सार्वजनिक यातायातमा यात्रा गर्दा एक सेन्सरयुक्त उपकरण बोक्ने गर्दछन् । जसले बेबी अन बोर्ड भन्ने अलर्ट देखाउने गर्दछ र उनीहरलाई सिटमा बसेर यात्रा गर्न सहज हुने गर्दछ ।

 

प्रकाशित: २७ असार २०७३ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App