८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

१००० सिक्का खाने कछुवाको मृत्यु

गत साता सफल अफ्रेसन गरिएको १००० सिक्का खाने २५ वर्षीया कछुवाको थाइल्याण्डमा मृत्यु भएको सार्वजनिक भएपछि उक्त घटनाले चर्चा पाएको छ । कछुवाको मृत्यु ब्लड पोइजनको कारणले भएको खुलेको छ ।
श्वासप्रश्वासमा समस्या आएको भनी आइतबार कछुवालाई अप्रेशनको लागि भनी अस्पतालमा भर्ना गरिएको थियो । अप्रेशन पश्चात् उक्त कछुवा कोमामा भएको उपचारमा संलग्न डाक्टरहरूको भनाई रहेको छ ।
थाइल्याण्डस्थित चोनबुरी प्रान्तमा रहेको पोखरीमा घुम्न जाने पर्यटकहरुले आफ्नो गुडलकको लागि सिक्का फ्याल्ने गरेको र त्यही सिक्का कछुवाले खाने गरेको अनुसन्धानले जनाएको छ । अप्रेशनको क्रममा कछुवाको पेटबाट ६ किलो बराबरको सिक्का झिकिएको थियो । उक्त सिक्का ७ घण्टा लामो अप्रेशन पछि झिक्न सफल भएको डाक्टरहरुको भनाई छ । अप्रेशन पश्चात् कछुवाको पेट खाली भएकाले रक्त सञ्चारमा समस्या आएको र कछुवाको मृत्यु भएको जनाइएको छ ।
 

प्रकाशित: ९ चैत्र २०७३ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App