७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता हुँदैनन् : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा.प्रकाश शरण मत। फाइल तस्विर

काठमाडौं—परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अवसरमा कुनै सम्झौता नहुने बताएका छन्। सरकारले चीनसँग चार विषयमा सम्झौताको तयारी गरे पनि चिनियाँ पक्षकै कारण प्रधानमन्त्रीको यो भ्रमणमा हस्ताक्षर नहुने उनले बताए।

‘वान रोड वान बेल्ट परियोजनाका विषयमा दुवै पक्षबीच धारणा आदान–प्रदान भइरहेका छन्। यसबाट नेपाललाई के कति फाइदा हुन्छ भन्ने विषयमा सरकारले कुनै तयारी गरेको छैन’, उनले भने।

‘हामी चीनसँग चार विषयमा सम्झौताको तयारीमा थियौं। उर्जा, व्यापार, लगानी र क्रस बोर्डर इकोनिमक करिडोरको विषयमा सम्झौताको तयारी थियो’, परराष्ट्रमन्त्री महतले मन्त्रालयमा अायोजित पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्री दाहाल चीनमा हुँदा चिनियाँ प्रधानमन्त्री, विदेशमन्त्री अष्ट्रेलिया भ्रमणमा रहने कारणले सम्झौतामा हस्ताक्षर नहुने भएको हो।’

कुनै सन्धि-सम्झौता नगर्ने गरी उत्तरी छिमेकी जान लागेको विषयलाई सर्वसाधारणले सामाजिक सञ्जालबाट 'घुमफिर'को संज्ञा दिइरहेका बेला परराष्ट्रमन्त्रीको यस्तो धारणा अाएको हो।

सरकारले चीनसँग भएका सम्झौता अघि बढाउन नचाहेको भनेर सञ्चार माध्यममा आएका सामग्री सत्य नभएको उनले बताए। ‘हामी चीनसँगबाट लाभ हुन सक्ने विषयमा शान्तपूर्वक काम गरिरहेका छौं’, उनले भने, ‘चीनसँगका कतिपय दुई पक्षीय बैठकहरु उनीहरुकै कारण स्थगित हुँदै आएका हुन्।’

एक अर्को प्रसंगमा परराष्ट्रमन्त्री उनले चीनको बृहत् परियोजना वान रोड वान बेल्टको सम्झौता पनि प्रधानमन्त्री दाहालको ची भ्रमणमा नहुने स्पष्ट पारे।

‘वान रोड वान बेल्ट परियोजनाका विषयमा दुवै पक्षबीच धारणा आदान–प्रदान भइरहेका छन्। यसबाट नेपाललाई के कति फाइदा हुन्छ भन्ने विषयमा सरकारले कुनै तयारी गरेको छैन’, उनले भने।

दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भेटेर नेपाल भ्रमणको निमन्त्रण दिने जानकारी उनले दिए।

बोवाओ फोरममा सहभागी हुन प्रधानमन्त्री दाहाल बिहीबार राति ११ बजे चीन प्रस्थान गर्दैछन्। दक्षिणी चीनको हेनान प्रान्तमा चैत १० देखि १३ सम्म बोवाओ सम्मेलन हुँदैछ।

प्रधानमन्त्री दाहाल चैत १२ गते हेनानबाट बेइजिङ प्रस्थान गर्नेछन्। त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग १५ मिनेट लामो बैठक गर्नेछन्। 

१२ सदस्यीय हुनेछ प्रतिनिधिमण्डल
प्रधानमन्त्री दाहालको ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानेछन्। उनको प्रतिनिधिमण्डलमा श्रीमती सीता, परराष्ट्रमन्त्री प्रकाश शरण महत, प्रधानमन्त्री कार्यालयका एक सचिव, चिफ अफ प्रोटोकल, परराष्ट्र मन्त्रालयका चाइना डेस्क प्रमुख, प्रधानमन्त्रीका निजी सचिव, प्रेस सल्लाहकार, निजी चिकित्सक र सुरक्षा अधिकृत रहनेछन्।


दाहाल चैत १५ मा ल्हासामा एक रात बास बस्नेछन्। उनी चैत १६ गते काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: ९ चैत्र २०७३ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App