coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हतियार बुझाउन जिप्रका बाँकेको आग्रह

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

“स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल हातहतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले सम्पूर्ण नागरिकलाई हातहतियार बुझाउनका लागि अनुरोध गरेका हौँ”, सहायक प्रजिअ कृष्णबहादुर खड्काले भने “सूचना प्राप्त गरेपछि यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगी हतियार बुझाइदिनुहोला ।” 

खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा हतियार बुझाउनुपर्ने जनाइएको छ । स्थानीय प्रशासनले समयमै हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । रासस 

प्रकाशित: ९ चैत्र २०७३ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App