७ वैशाख २०८१ शुक्रबार
प्रवास

पर्वत समाज युएईमा पौडेल

युएई - पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 

संस्थाले वैदेशिक रोजगारीको शिलशिलामा पर्वतबाट युएई आएर कार्यरत पर्वतबासीहरुसंग सहकार्य गर्दै आइरहेको छ।

उपाध्यक्षमा रामप्रसाद लामिछाने, सरोज जिसी र रुद्र सुवेदी चयन भएका छन् भने महासचिवमा कमल लामिछाने र सचिवमा तिलक सापकोटा चयन भएका छन्। अधिवेसनबाट सह-सचिवमा राजेन्द्र कार्की, सह कोषाध्यक्षमा ओम प्रकास न्यौपाने र प्रवक्तामा राजु भुर्तेललाई चयन गरिएको छ। 

संस्थाको सदस्यहरुमा रुद्र क्षेत्री,धुर्ब आचार्य,प्रेम सापकोटा,नरेन सापकोटा,सन्तोष शर्मा पौडेल,पूर्ण भुषाल,लक्ष्मी विक,सीता पौडेल,कृष्ण शर्मा पौडेल, सरस्वती कार्की र नेत्र काफ्ले छन्।

कार्यक्रममा समाजले अहिलेसम्म गर्दै आएको विभिन्न सेवा सहयोगबारे जानकरी गराइएको थियो।

संस्थाले वैदेशिक रोजगारीको शिलशिलामा पर्वतबाट युएई आएर कार्यरत पर्वतबासीहरुसंग सहकार्य गर्दै आइरहेको छ ।

अहिले सम्म देश तथा विदेशमा समस्यामा परेका नेपालीहरुलाई साथ सहयोग गर्दै आईरहेका छौ नव निर्वाचित अध्यक्ष पर्शुराम पौडेलले नागरिक न्युजसंग भने अब पनि सबैले साथ सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु । उनले आफ्नो कार्यक्रमा सबै पर्वतबासीहरुलाई समेटेर संस्थालाई अगाडी लैजाने बताए।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए।

 

प्रकाशित: ९ चैत्र २०७३ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App