coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वाइप मेसिनबाट करोडौं ठगी गर्ने गिरोह पक्राउ

गिरोहले प्रयोग गरेका उपकरण तथा पैसा निकालेको रेकर्ड।

काठमाडौं— अटोमेटिक टेलर मेसिन (एटिएम) बाट ठगीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका सदस्य समातिन थालेपछि सो गिरोहले आफ्नो ध्यान प्वाइन्ट अफ सेल मेसिन (पसलमा राखिने एटिएम स्वाइप गर्ने मेसिन) मा केन्द्रित गरेको छ। प्वाइन्ट अफ सेल मेसिनबाट  गिरोहले करोडौं रुपैयाँ ठगी गरेको भेटिएको छ।

महानगरीय अपराध महाशाखाले ठगी आरोपमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेका आठ जनाले नेपाल र भारतका प्वाइन्ट अफ सेल मेसिनबाटै तीन करोड रुपैयाँ निकालिसकेका छन्। सो समूहमा इन्जिनियरसमेत छन्।

‘व्यापारी र गिरोहको मिलेमतोमा विदेशीका डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्ल्यांक कार्डमा किर्ते गरी रकम निकालेको भेटियो, एटिएमपछि गिरोह स्वाइप मेसिनको प्रयोग गरी ठगीमा सक्रिय देखियो,’ एसएसपी अमात्यले भने।

हाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भारतीय र नेपाली ठगले ह्याकर समूहबाट खरिद गरेका विदेशी नागरिकका कार्ड नम्बर प्रयोग गरी प्वाइन्ट अफ सेल मेसिनबाट रकम निकालेको बताए। उनले क्यासिनो र एडिडासको सोरुमबाट करोडौं रकम निकाल्ने योजना बनाइरहेका बेला आठ जनाको गिरोह पक्राउ परेको दाबी गरे।

‘व्यापारी र गिरोहको मिलेमतोमा विदेशीका डेबिट कार्ड, क्रेडिट कार्ड, सेक्युरिटी कार्ड, प्रिपेड कार्ड र ब्ल्यांक कार्डमा किर्ते गरी रकम निकालेको भेटियो, एटिएमपछि गिरोह स्वाइप मेसिनको प्रयोग गरी ठगीमा सक्रिय देखियो,’ एसएसपी अमात्यले भने।

घटना अनुसन्धान गरिरहेका डिएसपी अजय केसीका अनुसार पक्राउ परेका सुरेश केसीले भारतमा चार वर्षको बसाइमा कार्ड ठगीको अन्तर्राष्ट्रिय गिरोहसँग काम गरेका थिए। गिरोहसँग मिलेर भारतमै करोडौं रकम निकालिसकेपछि उनी नेपाल आएको केसीले बताए।

केसीका अनुसार नेपालमा सो गिरोहका सदस्यले ब्यापारीसँग मिलेर मेसिननै आफैं लगेर दैनिक पाँच हजार देखि पाँचलाख रुपैयाँसम्म निकाल्दै आएका थिए। पछिल्लो समय महाराजगञ्जमा रहेको एक रक्सी कम्पनीबाट निकालेको रकमबारे चिनियाँ नागरिकले उजुरी गरेपछि घटना बाहिर आएको हो।  

महाशाखाले गिरोहका मुख्य योजनाकार काठमाडौं, बुढानिलकण्ठ बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ का ३४ वर्षीय सुरेश केसी, काठमाडौं बानेश्वर बस्ने भारत लखनऊका ३१ वर्षीय इन्जिनियर अभिषेक पाण्डे, ललितपुर उपमहानगरपालिका–१३, कुसुन्तीका ३१ वर्षीय केबलप्रताप जबरा, काठमाडौं महानगरपालिका–१७, क्षेत्रपाटीका ३० वर्षीय अनुज नकर्मी, सोही ठाउँका २७ वर्षीय अभिषेक नकर्मी, २३ वर्षीय रोमन महर्जन, ललितपुर मंगलबजार बस्ने काभ्रे मेच्छे गाविस–८ का ३२ वर्षीय विजय लामा दोङ र काठमाडौं महानगरपालिका–१७, क्षेत्रपाटी बस्ने नयाँदिल्लीका २९ वर्षीय नदिम खान पक्राउ परेको जनाएको छ।

महाशाखाका अनुसार सो गिरोहले नयाँदिल्लीका ४ वटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख, कास्की पोखरास्थित टीका रिसोर्टबाट २ करोड, काठमाडौं क्षेत्रपाटीस्थित डी सोभिनियरबाट ३० लाख, काठमाडौं चावहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, भक्तपुरस्थित पौराणिक थान्का तथा मालाबाट ४५ लाख र काठमाडौं महाराजगञ्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ स्वाइप गरी निकालेको खुल्न आएको छ।

 

प्रकाशित: ९ चैत्र २०७३ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App