७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ शक्तिको हिमाल–पहाड–तराई अभियान सुरु, आज लहानमा सभा

काठमाडौं—नयाँ शक्ति पार्टी, नेपालको ‘हिमाल–पहाड–तराई/मधेस राष्ट्रिय अभियान’ आजदेखि सुरु हुँदैछ। हिमाल, पहाड र तराई/मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याई संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

अभियान अन्तरर्गत चैत ९–१३ सम्म देशव्यापी रुपमा सभाहरु हुने पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।

अभियान अन्तर्गत आज दिउँसो १२ बजे लहानमा सभा हुनेछ। चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गरिनेछ।

चैत ११ गते दिउँसो १२ बजे भैरहवामा र चैत १२ गते दिउँसो १२ बजे कोहलपुरमा सभा हुनेछ। चैत १३ गते दिउँसो १२ बजे धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुनेछ। यसपछिको अर्को चरणको कार्यक्रम राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठकले तय गर्नेछ।

 

प्रकाशित: ९ चैत्र २०७३ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App