coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भार्डेलाई मार्ने धम्की

लन्डन(एएफपी)– इङ्ल्यान्ड तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डेले प्रशिक्षक क्लाउडियो रिनेरीको बर्खास्तगीको दोष लगाउँदै आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।

गत सिजत अप्रत्याशित रूपमा इङ्लिस प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजन रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ । यसैबीचमा क्लबले प्रशिक्षक रिनेरीलाई बर्खास्त गरेको थियो ।

३० वर्षे फरवार्ड भोर्डेकै गोलप्रेरणामा लेस्टरले लिग उपाधि जित्न सफल भएको थियो । त्यही प्रदर्शनका आधरमा भार्डे इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए ।

‘मैले एउटा कहानी पढेको थिएँ । त्यसअनुसार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा सेभियासँग पराजित भएपछि केही सिनियर खेलाडी र क्लब मालिकबीचको बैठकबाट इटालियन प्रशिक्षकलाई बर्खास्त गर्ने निर्णय गरेको भनिएको छ,’ मैत्रीपूर्ण खेलका लागि जर्मनीमा रहेका भार्डेले भने, ‘त्यसमा म पनि उक्त बैठकका सामेल रहेको भनिएको छ । त्यति बेला ३ घण्टा म एन्टी डोपिङमा थिए ।’

रिनेरीको स्थानमा क्रिग सेक्सपियर आएपछि लय समातेका भार्डेले आफूमाथिको तनाव ह्यान्डल गरे पनि परिवारमाथिको आक्रमण अर्को पक्ष भएको बताए ।

‘त्यही कहानी पढेर मानिसहरू मलाई र मेरो परिवारलाई धम्की दिइरहेका छन्,’ भार्डेले भने, ‘सामाजिक संजालमा होस् या बाटो हिँड्दा हरेक दिन यस्तो घटना दोहोरिरहन्छ । फुटबल समर्थक यस्ता हुन्छन् भन्ने मलाई लाग्दैन । म आफँैले त झेल्न सक्थें । तर जब श्रीमती एक्लै वा बच्चा लिएर कार चलाइराखेको बेला पाछाडिबाट ठोक्न खोज्ने प्रयास हुन्छ भने त्यो राम्रो होइन । यस्तो धेरै पटक भएको छ । यो निकै डरलाग्दो छ ।’

 

प्रकाशित: ९ चैत्र २०७३ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App