coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अज्ञात समूहको गोली प्रहारबाट शिक्षक गम्भीर

रौतहट- अज्ञात समूहले शिक्षकलाई रौतहटमा गोली प्रहार गरेको छ। रौतहटको विश्रामपुर गाविस वार्ड नम्बर ८ घर भई मकवानपुरको स्याङलुङस्थित निम्न माध्यमिक विद्यालयका शिक्षक राम अयोध्या राय यादवलाई राती १ बजे अज्ञात समूहले घरमै गोली हानेको हो। टाउकोमा गोली लागेका शिक्षक यादवको अवस्था गम्भीर रहेको र हेटौँडाको चुरे हिल अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमा जमिन नापीको काम गर्ने र लेखापढी व्यावसायसमेत गर्ने शिक्षक यादव विदामा घर आएको मौकामा राती उनी सुतेको घरको झ्यालबाट अज्ञात समूहले गोली हत्याको प्रयास गरेको देखिएको छ। घरको अवस्था सामान्य रहेका शिक्षक यादवलाई जग्जा–जमिनको विवादले कसैले गोली हानेको अनुमान प्रहरीको छ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोखरेल घटनास्थल पुगी गोली हानेको विषयमा गहन अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको दोषीलाई कानुनको दायरामा ल्याएरै छोड्ने एसपी पोखरेलले बताएका छन्।

प्रकाशित: ९ चैत्र २०७३ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App